मुख्य समाचार
खेलको उपलब्धिका आधारमा लगानी गर्छौं : खेलकुदमन्त्री श्रेष्ठ
खेलको उपलब्धिका आधारमा लगानी गर्छौं : खेलकुदमन्त्री श्रेष्ठ

— नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सम्भावनाका आधारमा खेल संघहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको बताएका छन् ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त मन्त्री श्रेष्ठको सम्मानमा बिहीबार आयोजना गरेको स्वागत र बधाई कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । राखेपका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले खेलको इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र त्यस खेलप्रति लगानी गरिने प्रस्ट पारे ।

उनले वर्षौंसम्म निर्वाचन नगर्ने र ऐन नियम पालना नगर्ने राष्ट्रिय खेल संघलाई सही बाटोमा ल्याउन ऐनमा टेकेर कारबाही गर्न पछि नहट्ने बताए ।

मन्त्री श्रेष्ठले सबैसफल हुने वातावरण सिर्जना गर्न सबै क्षेत्रले एकभई प्रयास गर्नुपर्नेमा जोड दिँदै नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणीकरण हुने बताए । राखेप उपाध्यक्ष शिव कोइरालाले सबैले देखेको सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राखे ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले परिषद्को विविध पक्षबारे जानकारी गराउँदै सामूहिक प्रयासबाट कर्तव्य पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...