मुख्य समाचार
लिभरपुल सजिलै युरोपा लिगको अन्तिम ८ मा
लिभरपुल सजिलै युरोपा लिगको अन्तिम ८ मा

— लिभरपुलले १४ मिनेटको अन्तरमा चार गोल गरेपछि बिहीबार स्पार्टाक प्रागलाई ६–१ ले पराजित गर्दै सजिलै युरोपा लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । त्यसमा कोडी गाक्पाले दुई गोल गरे । बुंडेसलिगाको शीर्षमा रहेको लेभरकुजनले पनि स्टपेज टाइमको दुई गोलको मदतले कराबागलाई पराजित गर्‍यो ।

पहिलो लेगमा लिभरपुललाई ५–१ को अग्रता प्राप्त थियो । यस्तोमा उसले समग्रमा ११–२ को ठूलो अन्तरको जित निकाल्यो । लेभरकुजन भने दोस्रो लेगमा ३–२ ले विजयी रह्यो र समग्रमा ५–४ ले अगाडि रहन सफल रह्यो । इटालीका दुई क्लब एटलान्टा र रोमा पनि क्वाटरफाइनल पुग्न सफल रहे ।


एटलान्टाले स्पोर्टिङ सीपीलाई २–१ ले हरायो र समग्रमा ३–२ को अग्रता लियो । ब्राइटनले एएस रोमालाई १–० ले हराए पनि यो जित पर्याप्त रहेन् र इंग्लिस प्रिमियर लिग क्लब ४–१ ले पछाडि पर्‍यो । युरोपा कन्फ्रेन्स लिगमा भने बिहीबारका खेलपछि एस्टन भिल्ला, क्लब ब्रुग, लिल र ओलम्पियाकोज क्वाटरफाइनल पुगेका छन् ।

दोस्रो लेगको खेलमा भिल्लाले आयाक्सलाई ४–०, क्लब ब्रुगले मोल्डेलाई ३–० र ओलम्पियाकोजले मकाबी टेल अभिभलाई ६–१ ले हरायो । लिल र स्ट्रम ग्राजबीचको खेल १–१ को बराबरीमा छुट्यो । समग्रमा भिल्लाले ४–०, ब्रुगले ४–२, लिलले ४–१ र ओलम्पियाकोजले ७–५ को अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...