मुख्य समाचार
बैंकबाट ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्ति स्वीकार्य छैन : अर्थमन्त्री पुन
बैंकबाट ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्ति स्वीकार्य छैन : अर्थमन्त्री पुन

— अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने र तिर्दिनँ भन्ने प्रवृत्ति आपराधिक भएको बताए ।

व्यवस्थामाथि प्रश्न उठाउने, व्यवस्था नै मन परेन भनेर व्यवस्थाका सानातिना कमजोरी, राजनीतिक प्रणालीका सानातिना कमजोरी खोतलेर त्यसलाई नै सबै पक्ष जस्तो बनाएर समाजमा एउटा व्यवस्था र नेतृत्वप्रति अनास्था पैदा गर्ने प्रवृत्तिसँग पनि आफूहरूको समर्थन नरहने अर्थमन्त्री पुनले बताए ।


उनले धार्मिक, सामाजिक रूपमा मिलेर बसेको समाजलाई विखण्डन गर्ने प्रवृत्ति, आफ्ना स्वार्थ पूरा गर्ने, आफ्ना महत्वकांक्षा अगाडि ल्याउने प्रवृत्तिसँग पनि सरकारले सहमति नगर्ने बताए । उनले कुनै पनि प्रकारको अतिवाद स्वीकार्य नभएको बताए ।

‘चारैतिर व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन भन्ने प्रश्न उठेका छन् ।यसमा एकातिर व्यवस्थाप्रति नकारात्मक खालका अनास्था फैल्याउने आफ्ना सिमित स्वार्थ पूरा गर्ने प्रवृत्ति छन्, हामीलाई थाहा छ,' उनले भने, 'बैंकहरूको ऋण लिने, कालोसूचीमा पर्ने वा डिफल्टर हुने अनि पछि म तिर्दिनँ भन्ने प्रवृत्ति पनि छ, त्यो अपराधिक प्रवृत्ति हो, त्यस्ता प्रवृत्ति स्वीकार्य हुँदैनन् ।'

गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने कुरा पनि स्वीकार्य नभएको उनको भनाइ थियो । राज्य प्रणालीमा भएको कमीको समीक्षा गर्न आफूहरू तयार रहेको पनि उनले बताए । अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने पुनले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेयर कारोबार असोज २ गतेसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने जानकारी दिएको हो। आज सूचना प्रकाशित गरेर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१,घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जानकारी दिएको हो।
: उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा ...
: नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा ...
: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यमशीलता गर्ने चाहना हुँदा हुँदै पनि रोकिनु परेको तर्फ बैंकहरूको ध्यानाकर्षण ...
— राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको अथवा ओसारपसार गरेको भेटिएपछि ...