मुख्य समाचार
नेपालमा कार्यरत भारतीयले क्यूआरबाटै भारतीय बैंकमा पैसा जम्मा गर्न सक्ने
नेपालमा कार्यरत भारतीयले क्यूआरबाटै भारतीय बैंकमा पैसा जम्मा गर्न सक्ने

— नेपालमा कार्यरत भारतीय नागरिकले अब मोबाइल बैंकिङ एप वा क्वीक रेन्सपोन्स (क्यूआर) कोडमार्फत भारतस्थित आफ्नो बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका छन् । भारतमा कार्यरत नेपालीले पनि भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको खातामार्फत नेपाली बैंक खातामा रकम भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०८०’ को संशोधनमा नेपालमा कार्यरत भारतीय नागरिकलाई पारिश्रमिक बापतको सटही सुविधाका लागि क्यूआर कोडमार्फत प्रतिदिन १५ हजारदेखि महिनाको १ लाख भारतीय रुपैयाँसम्म जम्मा गर्न दिइने व्यवस्था गरिएको हो ।



शुक्रबार जारी गरेको एकीकृत परिपत्र-२०८० का संशोधनसम्बन्धी व्यवस्थामा नेपाली बैंकका एप वा क्युआरमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा सिमित रकम जम्मा गर्न सकिने उल्लेख छ । एकीकृत परिपत्रको दफा १७ मा उपदफा ३ थपेर राष्ट्र बैंकले यस्तो सहजता ल्याएको हो । साथै, परिपत्र २०८० को दफा १३ मा भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनका लागि नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको खातामार्फत नेपाली बैंक खातामा रकम ट्रान्सफर गर्न सक्ने भनिएको छ ।

नेपाल राष्ट्र बेंक र भारतीय रिजर्भ बैंकले व्यवस्था गरेको ‘इन्डो-नेपाल रेमिट्यान्स फसिलिटि स्किम’ अन्तर्गत यस्ता सुविधाहरू लागू गरिएका हुन् । एकीकृत परिपत्र २०८० को दफा ७ संशोधन गर्दै राष्ट्र बैंकले नेपाली व्यवसायीहरूका लागि पनि नयाँ व्यवस्था लागू गरेको छ ।

‘नेपाली व्यवसायीहरूले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खाता प्राप्त हुने गरी विदेशमा जारी भएको क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यबाट स्वीकार गर्न सकिनेछ,’ संशोधित परिपत्रको दफा ७ मा भनिएको छ ।

उल्लिखित परिवर्त्य विदेशी मुद्राको सटही सुविधा नेपाली बैंकमा खोलिएको खातामा आवद्ध क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट विदेशमा भुक्तानी हुन सक्ने गरी प्रदान गर्न सकिने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय सीमा क्षेत्र वरपर क्यासिनो व्यवसाय दर्ता तथा सञ्चालनका लागि दुईथरी प्रावधान राखेर सरकारले नयाँ नियमावली ल्याएको छ । नियमावलीअनुसार सीमा क्षेत्रबाट पाँच किलोमिटरसम्म नयाँ क्यासिनो दर्ता गर्न नमिल्ने भएको छ । यसअघि तीन किलोमिटरको सीमा तोकिएको थियो । पाँच किलोमिटरभित्रै तोकिएका सर्त पालना गरेर चलिरहेका पुराना क्यासिनोलाई भने नियमावलीले सञ्चालनमा छुट दिएको छ । पर्यटनसम्बन्धी कानुन संशोधन ...
— अन्नको भण्डार भनिने तराई/मधेश क्षेत्रमै बर्खायाममा निम्तिएको खडेरीका कारण रोपाइँ प्रभावित हुँदा देशव्यापी धान उत्पादनमै २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । धान औसत फल्दा पनि माग धान्न नसक्ने र आयातमा ठूलो रकम बाहिरिने गरेको पृष्ठभूमिमा यस वर्ष आयात झनै बढ्ने निश्चित छ । गत वर्ष धान (बीउसहित) आयातमा २० अर्ब ३५ करोड रुपैयाँ विदेशिएको ...
: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो। गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो ...
। गत आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ । भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो । विभागले ...
: नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो। सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ...