मुख्य समाचार
फेरि सिटीविरुद्ध रियल
फेरि सिटीविरुद्ध रियल

— डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडकै सामना गर्नेछ । शुक्रबार निकालिएको क्वाटरफाइनल ‘ड्र’ मा सिटीले कीर्तिमानी १४ पटकको विजेता रियलविरुद्ध खेल्ने भएको हो ।

आर्सनलले भने ह्यारी केनको बायर्न म्युनिखसँग खेल्नेछ । पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोना तथा एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमन्ड एक आपसमा भिड्नेछन् ।


पेप ग्वार्डिओलाको सिटीले पहिलो लेगका लागि स्पेन राजधानी भ्रमण गर्नेछ । त्यसको एक सातापछि दोस्रो लेग म्यानचेस्टरमा हुनेछ । सिटीले गत सिजन क्लब इतिहासमै पहिलो पटक उपाधि जित्नेक्रममा सेमिफाइनलमा रियललाई हराएको थियो । सान्टियागो बेर्नाबेउमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा रहेपछि घरमा भएको दोस्रो लेग भने अविश्वसनीय रूपमा ४–० ले जितेको थियो । त्यसको एक वर्षअघि भने रियलले सिटीलाई पन्छाएको थियो ।

फाइनलमा भने रियलले लिभरपुललाई हराएर फेरि एकपल्ट उपाधि जितेको थियो । सन् २०१६ मा पनि स्पेनिस महारथीले सिटीलाई निराश पारेको थियो । तर, त्यही सिटी सन् २०२० मा भने रियलमाथि विजयी रह्यो । रियलका पूर्वखेलाडी तथा अहिलेका संस्थागत निर्देशक इमिलो बुट्रागेनाले भने, ‘सिटी च्याम्पियन टिम हो र हामीलाई एकापसको सबै थाहा छ । त्यसैले सिटी कस्तो प्रतिद्वन्द्वी हो भनेर हामीले भनिरहनुपर्दैन जस्तो लाग्छ ।’

त्यसैले उनकै शब्दमा दुई सनसनीपूर्ण खेललाई फुटबलप्रेमीले प्रतीक्षा गरिरहेका छन् । आर्सनल र जर्मन च्याम्पियन बायर्नबीचको खेल पनि उत्तिकै रोमाञ्चक हुनेछ । सन् २०१० यता पहिलो पटक क्वाटरफाइनल पुग्न आर्सनलले पेनाल्टी शुटआउटमा एफसी पोर्टोलाई हराएको थियो । आर्सनलले पहिलो लेगको खेल इमिरेट्समा आयोजना गर्नेछ । बायर्नका लागि अहिलेसम्म ३६ गोल गरिसकेका टोटनहमका पूर्वस्ट्राइकर केन लन्डन फर्कनेछन् ।

यी दुई खेलमा विजयी रहने टिम नै सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तोमा सिटीविरुद्ध आर्सनलको इंग्लिस सेमिफाइनल सम्भावना पनि कायम छ । पीएसजीले बार्सिलोनाको सामना गर्दा दुई टिमबीच पछिल्लो समय सुरु भएको प्रतिद्वन्द्विता नवीकरण हुनेछ । पीएसजी चाहन्छन्, केलियन एमबाप्पेले फ्रान्स छाड्नु अगाडि पहिलो पटक च्याम्पियन्स लिग जितोस् । जुनमा क्लबसँग एमबाप्पेको अनुबन्ध सकिँदै छ । यिनी अन्यत्रै जाने निश्चित मानिएको छ ।

पाँचपल्टको च्याम्पियन बार्सिलोनाले सन् २०१३ र २०१५ मा पीएसजीलाई हराएको थियो । दुवैपल्ट यो भेट क्वाटरफाइनलमै भएको हो । सन् २०१७ मा भएको अन्तिम १६ को खेलमा भने पीएसजीले क्याम्प नोउमा भएको खेलमा ६–१ को अविश्वनीय जित निकालेको थियो । त्यसअघि पीएसजीले घरमा भएको खेल ४–० ले गुमाएको थियो । अहिले बार्सिलोनाका प्रशिक्षक लुइस एनरिक त्यतिबेला पेरिस टिम सम्हाल्थे ।

बार्सिलोनामाथि प्राप्त त्यस जितमा एमबाप्पेले उत्कृष्ट ह्याट्रिक रचेका थिए । बार्सिलोनाका उपाध्यक्ष राफेल युस्टेले पीएसजीविरुद्धको खेल फेरि एकपल्ट उत्तिकै रोमाञ्चक हुने बताए । उनले भने, ‘अहिले पीएसजी युवा खेलाडीले भरिएको छ । यो टिम कस्तो छ, हामीलाई राम्रोसँग थाहा छ ।’

एट्लेटिकोले पहिलो लेगमा डर्टमन्डको आतिथ्यता गर्नेछ । यो खेल जित्नेले सेमिफाइनलमा पीएसजी वा बार्सिलोनाको सामना गर्नेछ । यसपल्टको फाइनल भने जुन १ मा लन्डनको वेम्बलीमा हुनेछ ।

युरोपा लिग

लिभरपुलले युरोपा लिगको क्वाटरफाइनलमा एटलान्टाको सामना गर्नेछ । शुक्रबार निकालिएको ‘ड्र’ ले लिभरपुलले फाइनलमा जाभी अलोन्सोको बायर लेभरकुजनको सामना गर्ने सम्भावना कायम राखेको छ । यो सिजन चार उपाधि जित्ने सम्भावनाबाट गुज्रिरहेको योर्गन क्लोपको लिभरपुलले एनफिल्डमा पहिलो लेग खेल्नेछ । जर्मन बुन्डेसलिगाको शीर्षमा रहेको लेभरकुजनले भने वेस्ट ह्यामसँग खेल्नेछ । एसी मिलानले रोमा र बेन्फिकाले मार्सेविरुद्ध खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...