मुख्य समाचार
पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार
पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार

पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ हो। नेपाललाई चिनाउने प्रमुख माध्यम पर्यटनको प्रत्येक प्रदेशमा आफ्नै विशिष्ट सम्भावना र आकर्षण छ। पर्यटन क्षेत्रको सम्भावनाको समुचित पहिचान र विकास गर्न सकिएमा सबै प्रदेशमा पर्यटकीय केन्द्र बनाउन सकिन्छ।


हालै सरकारले पोखरालाई ‘पर्यटन राजधानी’ घोषणा गरेको छ। गण्डकी प्रदेशको यो महत्वपूर्ण पहलबाट अन्य प्रदेशले पनि सिक्न जरुरी छ। कोशी प्रदेशमा विश्वकै सर्वोच्च शिखर सगरमाथा छ। मधेसमा जानकी मन्दिर, बागमतीमा हिन्दुहरूको आस्थाको केन्द्र पशुपति मन्दिरलगायत विश्व सम्पदा सूचीमा सूचीकृत महत्वपूर्ण गन्तव्यहरू, लुम्बिनी प्रदेश बुद्धकै जन्मस्थल भएकाले यहाँ धार्मिक पर्यटनको विशाल सम्भावना छ। कर्णाली र सुदूरपश्चिमको आकर्षण, रमणीय प्राकृतिक दृश्यावली र अनन्य जैविक विविधताले सबैको मन लोभ्याउँछ।

तीनै तहको सरकार र सरोकार पक्षहरू मिलेमा प्रत्येक प्रदेशमा पर्यटकीय हवको विकास गर्न सकिन्छ। यसका लागि बहुपक्षीय प्रयास र लगानी आवश्यक छ। प्रत्येक प्रदेशलाई आफ्नो विशिष्टता देखाउँदै पर्यटकीय हवको रूपमा विकास गर्नुपर्छ। नेपालको अर्थतन्त्र उकास्ने भरपर्दो र दिगो माध्यम भनेको नै पर्यटन मात्र हो। पर्यटक तान्ने हामीसँग दर्जनौं माध्यम छन्। तर, हामी कहाँ चुक्यौं सरकारले समीक्षा गर्न सकेको छैन। आन्तरिक पर्यटन प्रवद्र्धनसँगै अर्बौं जनसंख्या रहेका छिमेकी भारत र चीनबाट मात्र उनीहरूको जनसंख्याको आधारमा नगन्य पर्यटक भित्र्याउन सक्ने हो भने नेपाललाई अर्थतन्त्रको बलियो आधार हुनेछ। तर, त्यसका लागि ठोस नीति, प्रचार र सामूहिक प्रयासको जरुरी छ।




पर्यटकका लागि सुरक्षा, सञ्चार, यातायात र पूर्वाधार पहिलो आवश्यकता हो। नीतिगत अस्पष्टता र उचित लगानीको कमीले पनि भर्जिन पर्यटन क्षेत्रहरूमा हामीले पर्याप्त पर्यटक भित्र्याउन सकिरहेका छैनौं। यद्यपि कोभिडको समयभन्दा केही सुधार पर्यटन क्षेत्रमा भएको छ। यसले पर्यटन क्षेत्रमा थोरै भए पनि राहत दिएको छ। राष्ट्रिय आय र रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, सरकारी आम्दानीको भरपर्दो स्रोत, क्षेत्रीय विकास, उद्यमशीलताको विकासमा पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान गर्न सक्छ। त्यसैले प्रत्येक प्रदेशको छुट्टै पहिचान हुने गरी पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकारहरूले विशेष चासो दिन जरुरी छ। यसले प्रदेशको प्रचार र विकासमात्र होइन, समग्रमा देशकै आर्थिक समृद्धिमा समेत महत्वपूर्ण टेवा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय सीमा क्षेत्र वरपर क्यासिनो व्यवसाय दर्ता तथा सञ्चालनका लागि दुईथरी प्रावधान राखेर सरकारले नयाँ नियमावली ल्याएको छ । नियमावलीअनुसार सीमा क्षेत्रबाट पाँच किलोमिटरसम्म नयाँ क्यासिनो दर्ता गर्न नमिल्ने भएको छ । यसअघि तीन किलोमिटरको सीमा तोकिएको थियो । पाँच किलोमिटरभित्रै तोकिएका सर्त पालना गरेर चलिरहेका पुराना क्यासिनोलाई भने नियमावलीले सञ्चालनमा छुट दिएको छ । पर्यटनसम्बन्धी कानुन संशोधन ...
— अन्नको भण्डार भनिने तराई/मधेश क्षेत्रमै बर्खायाममा निम्तिएको खडेरीका कारण रोपाइँ प्रभावित हुँदा देशव्यापी धान उत्पादनमै २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । धान औसत फल्दा पनि माग धान्न नसक्ने र आयातमा ठूलो रकम बाहिरिने गरेको पृष्ठभूमिमा यस वर्ष आयात झनै बढ्ने निश्चित छ । गत वर्ष धान (बीउसहित) आयातमा २० अर्ब ३५ करोड रुपैयाँ विदेशिएको ...
: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो। गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो ...
। गत आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ । भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो । विभागले ...
: नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो। सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ...