मुख्य समाचार
इरानमा महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ व्यक्तिको मृत्यु
इरानमा महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ व्यक्तिको मृत्यु

इरानले सन् २०२२ मा महसा अमिनीको हिरासतमा भएको प्रदर्शनका क्रममा २८१ व्यक्तिको मृत्यु भएको सरकारी प्रतिवेदनमा उल्लेख गरेको छ ।


यो आँकडा संयुक्त राष्ट्रसङ्घका तथ्य–अन्वेषकहरूले यस महिनाको सुरूमा दिएको भन्दा निकै कम हो ।

इरानी प्रतिवेदनमा अधिकांश सर्वसाधारणको मृत्यु ‘हिंसात्मक प्रदर्शन’ र ‘आतङ्कवादी गतिविधि वा आक्रमणमा’ संलग्न अवस्थामा भएको उल्लेख गरिएको छ ।


राष्ट्रपति कार्यालयबाट आइतबार प्रकाशित करिब ३०० पृष्ठ लामो विशेष प्रतिवेदनमा सन् २०२२ को सेप्टेम्बरमा अमिनीको मृत्युपछि भएको अशान्तिका कारण २८१ जनाको मृत्यु भएको अनुमान गरिएको हो ।

यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले इरानमाथि मानवताविरुद्धको अपराधको आरोप लगाएको नौ दिनपछि प्रकाशित भएको हो ।

इरानको ‘ड्रेस कोड’ उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको तीन दिनपछि मृत्यु भएकी २२ वर्षीया अमिनी इरानी कुर्दिश महिला थिइन्।

राष्ट्रपति इब्राहिम रइसीले अमिनीको मृत्युपछि देशभर भड्किएको हिंसा र अशान्तिको कारणबारे अनुसन्धान गरेको विशेष समितिले अमिनीको ‘सेरेब्रल हाइपोक्सिया’का कारण मृत्यु भएको बताएको थियो।

सन् २०२२ को अक्टोबरमा अमिनीको परिवारले उनको मृत्यु कुटपिटका कारण नभएको पुष्टि गर्ने उक्त सरकारी मेडिकल रिपोर्ट अस्वीकार गरेको थियो ।

सन् २०२२ को नोभेम्बरमा गठन गरिएको संयुक्त राष्ट्रसङ्घको तथ्य खोजी मिसनद्वारा जारी पहिलो प्रतिवेदनमा सुरक्षा बलद्वारा ५५१ जना प्रदर्शनकारी मारिएको देखाएको छ, जसमध्ये कम्तीमा ४९ जना महिला र ६८ जना बालबालिका रहेका छन् ।

प्रतिवेदनमा भनिएको छ, 'अधिकांश मानिसको मृत्यु राइफललगायत हतियारका कारण भएको छ ।'

इरानी सरकार निकट विज्ञहरूले आफ्नो प्रतिवेदनमा ‘सुरक्षा सेवा र न्यायपालिकालगायत सरकारी संस्थाहरूले अशान्तिको सामना गर्न जिम्मेवारीपूर्वक काम गरेको’ निष्कर्ष निकालेका छन् ।

संयुक्त राष्ट्रसंघीय मिसनले आफ्नो प्रतिवेदनमा प्रदर्शनका क्रममा ‘अनावश्यक र असमान बल प्रयोग, स्वेच्छाचारीता, स्वतन्त्रताबाट बञ्चित, यातना, बलात्कार, बलपूर्वक बेपत्ता पारिएका र लैङ्गिक उत्पीडन’ जस्ता घटना भएको उल्लेख गरेको छ ।

मिसनले धेरै उल्लङ्घनहरू ‘मानवता विरुद्धको अपराध’ भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए। तर यसले भारतको रुससँगको मित्रतालाई ...
: थाइल्यान्ड (थाई) अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राविरुद्ध लगाइएको शाही अपमान र देशद्रोहको आरोप खारेज गरेको छ। यो आरोप २०१५ मा निर्वासनमा रहँदा थाक्सिनले दक्षिण कोरियाली पत्रिकालाई दिएको अन्तर्वार्तासँग सम्बन्धित छ। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुने थियो। अन्तर्वार्तामा उनले थाइल्याण्डको शीर्ष शाही सल्लाहकार निकाय प्रिभी काउन्सिललाई २०१४ को सैन्य विद्रोहमा सहयोग ...
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरूको रिहाइसहित ʻइजरायललाई स्वीकार्यʼ सर्तमा गाजा युद्ध अन्त्यका लागि वार्ताको निर्देशन दिएका छन्। नेतान्याहूले इजरायली सेनालाई बताएअनुसार मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय र घरेलु विरोधका बाबजुद गाजा शहरको उत्तरी भागमा ठुलो आक्रमणको योजनालाई अनुमोदन गरेको छ। कतार र इजिप्टका मध्यस्थकर्ताले तयार पारेको ६० दिने युद्धविराम प्रस्तावमा हमास सोमबार सहमत भएको छ। कतारका अनुसार ...
: श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ। उनीमाथिको यो आरोप राष्ट्रपति हुँदा गरेका विदेश भ्रमणसँग सम्बन्धित रहेको त्यहाँको प्रहरीले जनाएको छ। सन् २०२३ मा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको महासभाबाट फर्कने क्रममा उनी सरकारी खर्चमा व्यक्तिगत कामका लागि आफ्नी श्रीमतीसँग लन्डनमा बसेको आरोप छ। उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट ...
— अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ । पीआरसीले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, २०२३ मा उक्त संख्या १ करोड ४० लाख पुगेको छ । जुन २०२२ को भन्दा २२ लाखले बढी हो । यसअघि २००७ मा अवैध आप्रवासीको संख्या १ करोड २२ लाखसम्म पुगेको पीआरसीको रिपोर्टमा उल्लेख छ । पछिल्लो ...