मुख्य समाचार
नेपालले पूर्वाधारमा धेरै गर्नुपर्नेछ : आईसीसी अध्यक्ष
नेपालले पूर्वाधारमा धेरै गर्नुपर्नेछ : आईसीसी अध्यक्ष

। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले तीन दिने भ्रमणका क्रममा नेपालमा छन् । वुमेन्स प्रिमियर लिग (डब्ल्युपीएल) का क्रममा भारत आएका उनी त्यसै सिलसिलामा मंगलबार नेपाल आएका थिए ।

बुधबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरे भने यसअघि मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसँग भेट गरे । उनले काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको अवलोकन पनि गरे ।


मैदान हेरेपछि बार्कलेले नेपालले क्रिकेट पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताए । ‘नेपालमा राम्रा समर्थक छन् । तर पूर्वाधारमा धेरै विकास गर्नुपर्ने आवश्यकता छ । पूर्वाधारको विकास गरेमा आईसीसीका द्विपक्षीय सिरिजहरु गर्न सक्छौं’, उनले भने ।

आफूले प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग कुराकानी गर्दा पूर्वाधार विकासमा सकारात्मक रहेको पाएको पनि उनले बताए ।




बार्कलेले नेपालले बलिया टिमलाई बोलाउन पर्याप्त पूर्वाधारसहितको रंगशाला अनिवार्य भएको पनि बताए । त्यसका लागि रंगशालामा फ्लडलाइट, ब्रोडकास्टिङलगायतको सुविधा चाहिने बार्कलेको भनाइ छ ।

पूर्वाधार भएमा नेपाल न्यूट्रल भेन्यू पनि बन्न सक्ने उनको भनाइ छ । भारत र पाकिस्तानबीचको सम्बन्धका कारण एक अर्काको देशमा गएर क्रिकेट खेलेका छैनन् । त्यसैले नेपालमा पनि राम्रो पूर्वाधार बनाएमा यी दुई देशलाई बोलाएर क्रिकेट खेलाउन सकिने चर्चा हुने गर्छ ।

आईसीसी अध्यक्षले न्यूट्रल भेन्यूका लागि नेपाल त्यति सहज नरहेको संकेत गरे । ‘न्यूट्रल भेन्यूको लागि एउटा मात्रै रंगशाला भएर हुँदैन । वैकल्पिक मैदानहरु पनि भएमा नेपाल अन्तर्राष्ट्रिय खेलका लागि न्यूट्रल भेन्युको रुपमा प्रयोग हुन सक्छ’, उनले भने ।

ग्रेगको भ्रमणले नेपाल क्रिकेट सही दिशामा गइरहेको संकेत गर्ने क्यानका सचिव पारस खड्काले बताए । ‘पहिलो पटक आईसीसीको अध्यक्ष नेपाल आउनु निकै गर्वको कुरा हो । आईसीसीको अध्यक्षको भ्रमण क्यान सही दिशामा गइरहेको छ भन्ने संकेत पनि हो’, उनले भने ।

अहिले नेपालका क्रिकेट मैदानमा एशोसिएट राष्ट्रले खेल खेलिरहे पनि मैदानको स्तरोन्नति गर्नुपर्ने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय खेलहरु खेलाउन नेपालका मैदानहरुको स्तरोन्नति गर्नुपर्छ । त्यसपछि भने हामीले अन्तर्राष्ट्रिय खेलहरुको लागि पनि पहल गर्न सक्छौं’, उनले भने ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्का आईसीसी अध्यक्षको भ्रमणले नेपाललाई धेरै भन्दा धेरै एक्सपोजर खेल पाउने सम्भावना रहेको बताए ।

नेपाल सन् २०२७ को यू–१९ महिला विश्वकपको लागि बंगलादेशसँग सहआयोजकको रुपमा रहेको छ । जसका लागि नेपालमा पूर्वाधार विकासमा नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद पनि सकारात्मक रहेको खड्काले बताए । ‘पूर्वाधारहरु २०२७ को विश्वकपसम्म बनिसक्ने देखिन्छ’, उनले भने ।

ग्रेगको आगमनले २०२७ यता नेपालका लागि टेष्ट राष्ट्रहरुसँग पनि खेल्ने वातावरण बन्न सक्ने क्यानको आशा छ । ‘उहाँले टेष्ट राष्ट्रहरुसँग पनि समन्वय गराइदिन्छु भन्नुभएको छ । अब टेष्ट राष्ट्र नेपाल आउने कि नआउने भन्ने कुरा सम्बन्धित बोर्डको कुरा हो तर आईसीसीकै अध्यक्षले समन्वय गराइदिन्छु भन्नु ठूलो कुरा हो’, सचिव खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...