मुख्य समाचार
आठ महिनामा काठमाडौं महानगरको आम्दानी ६ अर्ब, खर्च पौने ६ अर्ब
आठ महिनामा काठमाडौं महानगरको आम्दानी ६ अर्ब, खर्च पौने ६ अर्ब

। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आठ महिनामा औसत वित्तीय प्रगति गरेको छ ।

आन्तरिक राजस्व संकलन र चालु आवको आय शीर्षकतर्फ सकारात्मक देखिए पनि महानगरपालिकाले बजेट खर्च भने खासै गर्न नसकेको हो ।


महानगरपालिकाले फागुन मसान्तसम्म २२ प्रतिशत मात्रै खर्च गरेको छ । महानगरले चालु आवमा ल्याएको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेटमध्ये फागुन मसान्तसम्म ५ अर्ब ७४ करोड ६१ लाख खर्च गरेको हो ।

महानगर वित्त विभाग अनुसार काठमाडौंले आन्तरिक स्रोतबाट खर्च गर्ने गरी छुट्ट्याएको १९ अर्ब ६२ करोड ९५ लाखमध्ये ४ अर्ब २ करोड ४६ लाख मात्रै खर्च गरेको छ ।


यस्तै संघीय सरकारले दिएको राजस्व बाँडफाँट अनुदानबाट प्राप्त हुने १ अर्ब ५५ करोड ७९ लाखमध्ये ४७ करोड ७ लाख महानगरले खर्च गरेको छ । स्थानीय रूपमा हुने राजस्व बाँडफाँटबाट प्राप्त हुने १० करोडमध्ये महानगरले १ करोड ४९ लाख रुपैयाँ खर्च गर्न सकेको छ ।

प्रदेश सरकारले राजस्व बाँडफाँट दिने अनुदानबाट ५० करोड ८० लाखमध्ये काठमाडौं महानगरले ३ करोड मात्रै खर्च गरेको विभागले जनाएको छ ।

यस्तै बागमती प्रदेश सरकारले दिने पूँजीगत ससर्त अनुदान १ करोड २५ लाख अनुमानमध्ये एक पैसा पनि खर्च भएको देखिँदैन । जबकि, चालु खर्चमा पाउने अनुदान ६१ लाख ४६ हजारमध्ये महानगरले २० लाख ७७ हजार खर्च गरिसकेको छ ।

यस्तै प्रदेश सरकारले नै दिने समानीकरण अनुदान ८ करोड ८१ लाखमध्ये महानगरपालिकाले आठ महिनामा २ करोड २ लाख रुपैयाँ खर्च गर्न सकेको छ ।

यस्तै नेपाल सरकारले दिने ससर्त पूँजीगत अनुदान रकम २ करोड ५० लाखमध्ये महानगरले एक पैसा खर्च भएको छैन । तर, सर्सत चालु अनुदानतर्फ प्राप्त हुने १ अर्ब ४५ करोड २९ लाखमध्ये ७९ करोड ९५ लाख खर्च गरिसकेको छ ।

जसमा ७२ करोड ९४ लाख कर्मचारीको पारिश्रमिकमा मात्रै खर्च गरेको छ । संघीय सरकारले दिने समानीकरण अनुदान रकम ७० करोड ५५ लाखमध्ये ३८ करोड ३८ लाख खर्च गरेको छ ।

महानगरले बजेट खर्च गर्न नसक्ने पुरानै रोग हो । गत आवमा ३६ प्रतिशत मात्रै खर्च गरेको काठमाडौंले चालु आवमा पनि खर्च प्रतिशत बढाउने लक्षण देखिएको छैन ।

तर, महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारी धेरै योजनाका काम भइरहेको र भुक्तानी नहुँदा खर्च कम देखिएको दाबी गर्छन् ।

‘हाम्रो खर्चको ट्रेन्ड चाहिँ अघिल्लो वर्षजस्तै हो, तर अघिल्लो वर्षभन्दा योपटक महानगरको खर्च प्रतिशत धेरै हुन्छ,’ अधिकारीले भने ।

उनले कतिपय टेन्डर तीन पटकसम्म आह्वान गर्दा पनि नपरेका कारण खर्च भएको समेत सुनाए । ‘कतिपय टेन्डर खुलाउँदा नपरेपछि योजना अगाडि बढ्नै सक्दैन । सार्वजनिक खरिद ऐनका कारण यस्तो समस्या हुँदै आएको छ,’ उनले भने, ‘खर्च प्रतिशतलाई अहिले नै अनुमान गर्न मिल्दैन । वैशाखपछि धेरै भुक्तानी हुँदा बढ्ने छ ।’

मालपोत र नक्सापास दस्तुर घट्दा घरबहाल करले बढायो आन्तरिक राजस्व

आम्दानीका मुख्य स्रोतमा राजस्व संकलन दर घट्दा पनि काठमाडौं महानगरपालिकाको कुल आयमा भने असर परेको छैन ।

महानगरले चालु आव आठ महिनामा ६ अर्ब ९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । १० अर्ब ८० करोड ७८ लाख आम्दानी प्रक्षेपण गरेको महानगरले आठ महिनामा ५६ प्रतिशत प्रगति हासिल गरेको हो ।

महानगरले अघिल्लो आव फागुन मसान्तसम्म ५ अर्ब ८१ करोड ७६ लाख संकलन गरेको थियो । गत वर्षको तुलनामा काठमाडौंले चालु आवमा २८ करोड ७ लाख रुपैयाँ बढी आम्दानी गरेको हो ।

चालु आव आठ महिनामा महानगरपालिकाले आन्तरिक राजस्व ३ अर्ब ७७ करोड ८४ लाख संकलन गरेको छ । जुन गत आव २०७९/८० भन्दा १० करोड ५ लाखले धेरै हो ।

तर, यसमा महानगरको राजस्वका मुख्य स्रोतबाट संकलन घटेको देखिन्छ । सम्पत्ति बहाल तथा पट्टाबापत लाग्ने करमा आघिल्लो आवमा ९ करोड ७१ लाख उठाएको महानगरले यसपालि एक पैसा उठाएको छैन ।

यस्तै सम्पत्ति करमा आठ महिनामा महानगरले ७५ करोड ३७ लाख मात्रै उठाएको छ । यो अघिल्लो आवको सोही अवधिमा संकलन भएको सम्पत्ति करभन्दा १९ लाखले कम हो ।

चालु आव आठ महिनामा महानगरले गत आवभन्दा ३ लाख ९० हजार कम अर्थात् ९ लाख ५० हजार मात्रै मालपोत कर उठाएको छ ।

महानगरले नक्सापास दस्तुरमा पनि आन्तरिक राजस्व निकै कम उठाएको छ । गत आव फागुन मसान्तसम्म ६५ करोड ८६ लाख रुपैयाँ नक्सापास दस्तुर उठाएको महानगरले चालु आवमा जम्मा ४२ करोड ६४ लाख मात्रै उठाएको हो । जुन ३५ प्रतिशतले कम हो ।

महानगरको घर बहालकर गत वर्ष आठ महिनाभन्दा चालु आव सोही अवधिमा १९ करोड ६१ लाख धेरै उठाएको छ । घरबहाल करबाट महानगरले सबैभन्दा धेरै राजस्व १ अर्ब ६९ करोड ७३ लाख संकलन गरेको छ ।

महानगरले चालु आव विभिन्न वस्तु बिक्रीबाट गत वर्षको तुलनामा धेरै आम्दानी गरेको देखिन्छ । अन्य बिक्रीबापत प्राप्त रकममा महानगरको गत आव फागुन मसान्तसम्मा १० हजार ५ सय रुपैयाँ मात्रै जम्मा गरेको देखिन्छ ।

तर, चालु आव सोही शीर्षकमा १ करोड ७ लाख ९५ हजार रुपैयाँ महानगरले जम्मा गरेको छ । यस्तै अन्य सेवा शुल्कमा पनि महानगरले २१ करोड १८ लाख राजस्व संकलन गरेको छ, जुन गत आवभन्दा ६७ प्रतिशतले धेरै हो ।

महानगरले ५ करोड ५८ लाख सिफारिस दस्तुरबाट आन्तरिक राजस्व संकलन गरेको छ, जुन अघिल्लो आवभन्दा ३५ प्रतिशत धेरै हो ।

महानगरले शिक्षा क्षेत्रको आम्दानीमा पनि राजस्व संकलन बढाएको छ । अघिल्लो आव आठ महिनामा १९ लाख ८२ हजार राजस्व जम्मा गरेको महानगरले चालु आव फागुन मसान्तसम्मा ४५ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वमा पनि गत वर्षभन्दा २० करोड २४ लाख अर्थात् ८४ करोड ४५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै आन्तरिक अनुदानतर्फ महानगरकाले चालु आव फागुन मसान्तसम्म १ अर्ब ४७ करोड ५३ लाख प्राप्त गरेको छ । गत आवभन्दा चालु आवमा महानगरले ११.७५ प्रतिशत धेरै आन्तरिक अनुदान प्राप्त गरेको हो । गत आव फागुन मसान्तसम्म महानगरले १ अर्ब ३२ करोड २ लाख मात्रै आन्तरिक अनुदान प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...
। चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले बुधबार तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । निक्षेप ...
। नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दशै‌ंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलाराम पोखरेलले बताए । ‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन’ राष्ट्र बैंकका सहप्रवक्ता ...
। महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ ...
। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्म आउँदा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहँदा मूल्यमा चाप परेको ...