बब डिलनको बायोपिक फिल्मको छायांकन सुरु, फस्टलुकमा यस्तो देखिए तिमोथी चालमेट
बब डिलनको बायोपिक फिल्मको छायांकन सुरु, फस्टलुकमा यस्तो देखिए तिमोथी चालमेट

। नोबेल पुरस्कार विजेता समेत रहेका अमेरिकी गायक तथा संगीतकार बब डिलनबारेको बायोपिक फिल्मको छायांकन सुरु भएको छ । फस्टलुक तस्वीर सार्वजनिक गर्दै निर्माताले बुधबार यसबारे जानकारी दिएका हुन् ।

डिलनको भूमिकामा पछिल्लो पुस्ताका चर्चित हलिउड अभिनेता तिमोथी चालमेटले अभिनय गर्दैछन् । चालमेटलाई तस्वीरमा आर्मी–ग्रीन ज्याकेट र न्यूजब्वाय क्यापमा देख्न सकिन्छ ।


डिलनको सांगीतिक जीवनको वर्णन गर्ने यो फिल्मको छायांकन यसैसातादेखि न्युयोर्कमा सुरु भएको सीएनएनले जनाएको छ । यो खबर सार्वजनिक भएपछि फ्यानमाझ यसले उत्साह र मजाक दुवैथरी प्रतिक्रिया सिर्जना गरेको छ ।

एकजना एक्स प्रयोगकर्ता लेख्छन्, ‘उनी क्याम्प रकतिर जाँदैछन् जस्तो देखिन्छ ।’ ‘यो बब डिलन होइन, यो त्यो हरेक मानिस हो जसले मसँग बब डिलनको बारेमा कुरा गर्ने प्रयास गरेको छ,’ लेखिका मारिसा आर मोस लेख्छिन् ।


केहीले अभिनेता चालमेट ‘अमेरिकन टेल’ फिल्मको एनिमेटेड मुसा पात्र फिवेलजस्तो देखिने भन्दै कटाक्ष गरेका छन् । कोभिड संकट र लेखक–कलाकारको हड्तालका कारण यो फिल्मको निर्माण प्रभावित भएको थियो । फिल्म बनाउन डिलनले निर्देशक जेम्स म्यानगोल्डलाई सबै नोट र स्क्रिप्ट बुझाएका थिए ।

‘यो फिल्म वास्तवमा डिलनको बायोपिक होइन बरु गायकको जीवनको एक पलमा बढी केन्द्रित हुनेछ,’ निर्देशक म्यानगोल्डले भने, ‘यो फिल्म न्युयोर्कको ६० को दशकको सुरुवातमा १७ वर्षीय किशोरले खल्तीमा १६ डलर बोकेर अस्पतालमा रहेका वुडी गुथ्रीलाई भेट्न हिंडेको कथा हो ।’

अभिनेता चालमेटले यो फिल्ममा आफैं गीत गाउनेछन् र ‘एल्भिस’ फिल्ममा काम गरिसकेका केही संगीत कोचलाई अनुबन्धित गरेका छन् । यो फिल्मको आधिकारिक शीर्षक अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘अवतार’ र ‘टाइटानिक’ फिल्म निर्देशक जेम्स क्यामरुनले आणविक त्रासदीबाट बाँचेका जापानीको कथावस्तुमा कथानक फिल्म ‘लास्ट ट्रेन फ्रम हिरोसिमा’ निर्देशन गर्ने भएका छन् । यसका लागि अस्कर विजेता फिल्ममेकरले चार्ल्स पेलेग्रिनोको आगामी पुस्तक ‘घोस्ट्स अफ हिरोसिमा’को एडप्टेसन अधिकार खरिद गरेको डेडलाइनले जनाएको छ । उनी उक्त पुस्तकलाई फिचर फिल्ममा रुपान्तरण गर्न चाहन्छन् । समाचारअनुसार क्यामरुनले पेलेग्रिनाका दुई ...
। श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भारतीय बक्स अफिसमा सर्वकालीन धेरै कमाउने हिन्दी फिल्म बनेको छ । इण्डियन एक्सप्रेसका अनुसार शाहरुख खान स्टारर ‘जवान’को कमाइलाई उछिन्दै यो फिल्मले कीर्तिमान रचेको हो । ‘स्त्री : सरकटेका आतंक’ले भारतीय बक्स अफिसमा शाहरुखको ‘जवान’सहित रणवीर कपुरको ‘एनिमल’, शाहरुखकै ‘पठान’ र सन्नी देओलको ‘गदर २’ को कमाइलाई पनि उछिनेको छ ...
। बिगबोस ओटीटी सिजन-३ को होस्ट नगर्ने घोषणा गरेका बलिउड अभिनेता सलमान खानले कलर्स टिभीमा प्रसारण हुने ‘बिग बोस’ सिजन १८ मा फर्किने पक्का भएको छ । मंगलबार बिग बोसका निर्माताले सलमानलाई होस्टको रुपमा उनको इन्स्टाग्राम ह्याण्डलमा मेन्सन गर्दै यसबारे टिजर सार्वजनिक गर्दै फ्यानलाई सरप्राइज दिएका छन् । टिजरले चलिरहेको घडीको ग्राफिक देखाउँछ, त्यसपछि प्रतिष्ठित बिग बोसका ...
। अमेरिकी र्‍यापर सिन ‘डिडी’ कम्ब्स न्युयोर्कमा पक्राउ परेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहार तथा उत्पीडनको आरोप छ । मुद्दा दायर भएपछि उनलाई न्युयोर्कको म्यानहटनबाट पक्राउ गरिएको हो । भेराइटी म्यागजिनका अनुसार कम्ब्सका वकिल मार्क अग्निफिलोले र्‍यापर पक्राउबारे जानकारी दिएका हुन् । सिन ‘डिडी’ कम्ब्सका वकिलले भने, ‘न्यायाधिवक्ताको कार्यालयले चलाएको अन्यायपूर्ण अभियोगबाट हामी निराश ...
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...