। काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट गत आठ महिनामा ६५ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चोभारबाट उक्त रकम बराबरको सामान आयात भएको हो । चोभारबाट निर्यात भने नगण्य छ ।
नेपालमा कुल ३० भन्सार बिन्दुबाट सामान आयात–निर्यात हुने गर्छ । आठ महिनामा कुल १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । निर्यात १ खर्ब रुपैयाँ बराबर मात्र भएको छ ।
सबैभन्दा धेरै आयात–निर्यात हुने भन्सार बिन्दु वीरगञ्ज हो । चोभार सुक्खा बन्दरगाहबाट कुल आयातको ०.६ प्रतिशत मात्र वस्तु आयात भएको तथ्यांकले देखाएको छ । वीरगञ्जबाट कुल आयातको ३४.२७ प्रतिशत वस्तु आयात हुन्छ । निर्यातमा वीरगञ्जको हिस्सा १९.४६ प्रतिशत छ ।