मुख्य समाचार
रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते
रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते

। रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त हमलामा परी १४५ भन्दा बढी घाइत भएका छन् ।


शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले लेखेको छ ।

आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए ।


समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि हलमा भेस बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो ।

हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ ।

घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन् ।

कुनै समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ। यद्यपि यो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको अलजजिराले जनाएको छ ।

मस्कोको सबैभन्दा लोकप्रिय मध्ये एक रहेको उक्त कन्सर्ट हलमा ६ हजार २०० मानिस अटाउन सक्छन् ।

बीबीसीका अनुसार एक प्रत्यक्षदर्शी भिटालीले भने, ‘मैले आँखै अगाडि आतंकवादीहरूले मानिसहरूलाई गोली हानेको देखें। उनीहरुले पेट्रोल बम प्रहार गरेपछि जताततै आगो लाग्न थाल्यो । बाहिरिने ढोकामा पुग्दा त्यो बन्द थियो । त्यसपछि हामी बेसमेन्टमा गयौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...