मुख्य समाचार
चोभार सुक्खा बन्दरगाहबाट अझै खुलेन चीनसँगको व्यापार
चोभार सुक्खा बन्दरगाहबाट अझै खुलेन चीनसँगको व्यापार

। सरकारले प्राथमिकता दिई निर्माण गरेको चोभारस्थित सुक्खा बन्दरगाहबाट पछिल्लो आठ महिनामा ६५ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तर, निर्यात ठप्प छ ।

सरकारले संरचना निर्माण गरे पनि यसको सञ्चालनका लागि आवश्यक पूर्वतयारीका काम समयमै सम्पन्न नगर्दा अपेक्षित व्यापार हुन सकेको छैन ।




चोभार सुक्खा बन्दरगाहमा अहिले भारतीय नाका हुँदै आएका सामानमात्र आइरहेका छन् । चीनसँगको व्यापारमा यो बन्दरगाह खुला गरिएको छैन ।

‘नेपालको चीनसँग ठूलो व्यापार छ,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्छन्, ‘चीनसँगको व्यापार नखुल्दा यो बन्दरगाह अपेक्षित चल्न नसकेको हो ।’




यद्दपि, चोभार सुक्खा बन्दरगाहको भविष्य भने काठमाडौं–तराई मधेश द्रुतमार्गसँग जोडिएको उनको भनाइ छ । ‘चोभार पूर्ण क्षमतामा चल्न द्रुतमार्ग नै सञ्चालनमा आउनुपर्छ,’ उनले भने, ‘अहिले व्यापारमा गति दिन चीनसँगको व्यापारलाई पनि अनुमति दिनुपर्छ ।’

तातोपानी र रसुगागढी भन्सारबाट नेपाल आउने सामानलाई चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयका रूपमा आउन दिने हो भने यो बन्दरगाह सञ्चालनले अझै गति लिने उनले बताए । यसका लागि समितिले पहल गरिरहेको समेत उनले जानकारी दिए ।

ढिला गरी फराकिलो बनाइयो भुक्तानी प्रक्रिया

यो बन्दरगाहमा यसअघि प्रतीतपत्र (एलसी) खोली पैठारी भएको हुनुपर्ने सर्त थियो । भुक्तानीका अन्य माध्यम खुला नहुँदा अपेक्षित व्यापार हुन नसकेको व्यापारीले गुनासो गर्दै आएका थिए ।

नेपाल राष्ट्र बैंकले गत पुसमा विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा एकीकृत परिपत्र जारी गरी अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने एलसीमा प्रचलित व्यवस्था अनुसार चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने प्रावधान ल्याएको थियो ।

साथै मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी एलसी जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भए चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयका नाममा भन्सार बिन्दु परिवर्तन गर्न सकिने प्रावधान ल्याएको थियो ।

यसै परिपत्रले अन्य माध्यम ९ड्राफ्ट, टीटी, एसबीएलसी, डीएपी, डीएएलगायत० बाट हुने आयात समेत चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने बताएको थियो । यो प्रावधान लागु गर्न अर्थ मन्त्रालयले राजपत्रमा सूचना जारी नगर्दा कार्यान्वयनमा आएको थिएन ।

मन्त्रालयले १ चैतमा सूचना जारी गरी पुरानो प्रावधान संशोधन गरेको छ । ‘नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैकिङ प्रणालीबाट भुक्तानी हुने गरी पैठारी भएको हुनुपर्ने छ,’ संशोधित प्रावधानमा छ ।

उक्त नियम अनुसार अब एलसीबाहेक राष्ट्र बैंकको मान्यता प्राप्त अन्य भुक्तानीका माध्यमबाट समेत चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट आयात गर्न सकिने छ ।

यसले भुक्तानीको दायरा बढाएको र व्यापारीको माग समेत सम्बोधन गरेको कार्यकारी निर्देशक गजुरेल बताउँछन् । प्रक्रिया सहज भएका कारण यसले अब व्यापार बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार चलान भएको स्थानबाट भन्सारसम्म नै सिपिङ कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी भएको सामानमात्र चोभारसम्म ल्याउन पाइने छ ।

तर, गुडाएर लैजाने नयाँ सवारीसाधन र च्यासिसका हकमा भने स्तरीय सिपिङ कन्टेनरबाटै ढुवानी गर्न आवश्यक नहुने सूचनामा उल्लेख छ ।

यो बन्दरगाह २२ चैत २०७८ बाट सञ्चालनमा आएको हो । वीरगञ्ज नाका हुँदै काठमाडौं आएका तीन कन्टेनर भित्र्याउँदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाह उद्घाटन गरेका थिए ।

तर, बन्दरगाह सञ्चालन पूर्वतयारीका काम पुरा नहुँदा लामो समयसम्म यस बन्दरगाहबाट अन्तर्राष्ट्रिय व्यापारले गति लिन सकेन । चोभार बन्दरगाह सीमावर्ती क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको नेपालको पहिलो बन्दरगाह हो ।

यस बन्दरगाहमा आयात र निर्यातका लागि भन्सार, क्वारेन्टिन, सुरक्षासहित सबै पूर्वाधार छ । यहाँ ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ ।

राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर सिधै काठमाडौं आउन सक्ने र स्वदेशी वस्तु समेत पठाउन सक्ने गरी बन्दरगाह बने पनि चीनसँगको व्यापार नखोल्दा बन्दरगाह अझै अपेक्षित चल्न सकेको छैन । विश्व बैंकको साढे १ अर्ब ऋण सहायतामा यो पूर्वाधार बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...