मुख्य समाचार
साढे ३९ करोड मूल्य पाएका स्टार्कले पहिलो खेलमै खाए ५३ रन
साढे ३९ करोड मूल्य पाएका स्टार्कले पहिलो खेलमै खाए ५३ रन

। इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक मूल्य साढे ३९ करोड रुपैयाँ (२४ करोड ७५ लाख भारु)मा कोलकाता नाइट राइडर्समा अनुबन्ध भएका अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले पहिलो खेलमा खराब बलिङ गरेका छन् ।

शनिबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादविरुद्ध स्टार्कले चार ओभरमा ५३ रन खर्चिदा विकेटविहीन बने ।


कोलकाता चार रनले विजयी भएपनि २०१५ पछि आईपीएलमा फर्किएका स्टार्कको प्रदर्शन सम्झन लायक हुन सकेन ।

जितको लागि २०९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । अन्तिम ओभरमा हैदराबादलाई जितको लागि १३ रन चाहिंदा कोलकाताका हर्षित रानाले ८ रन खर्चेर २ विकेट लिंदै जित दिलाएका थिए ।


स्टार्कले गरेका २४ बल मध्य ८ डट, ३ चौका र ४ छक्का भेट्न पुगेका थिए । दक्षिण अफ्रिकी आक्रामक ब्याटर हेनरिक क्लासेनले स्टार्कलाई १९ औं ओभरमा पहिलो, तेस्रो, चौथो र अन्तिम बलमा छक्का हानेका थिए । एकै ओभरमा चार छक्का खर्चेपछि कोलकाता समस्यामा परेको थियो । हैदराबादले अन्तिम १८ बलमा ६० रन चाहिंएको अवस्थाबाट ४ रनले हारेको थियो ।

स्टार्कले सुरुवाती २ ओभरमा २२ रन खर्चेका थिए । मयंक अग्रवालले एक र अभिषेक शर्माले दुई चौका हानेका थिए । उता अक्सनमा २० करोड ५० लाख भारु पाएका हैदराबादका कप्तान प्याट कमिन्सको प्रदर्शन मध्यम रह्यो । बलिङमा कमिन्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिएका थिए ।

कमिन्सले रमनदीप सिंहलाई ३५ रनमा क्याच आउट गराएका थिए । अन्तिम बलमा हैदराबादलाई जितको लागि पाँच रन चाहिंदा क्रिजमा आएका कमिन्स हर्षित रानाको बल डट खेल्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...