मुख्य समाचार
टेस्ट राष्ट्रसँग ढोका खोल्ने विश्वास
टेस्ट राष्ट्रसँग ढोका खोल्ने विश्वास

— नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक क्यालेन्डर निकालेको तीन महिना पुगेको छैन । त्यसमा आगामी वर्षमा टेस्ट राष्ट्रसँग खेल्ने अपेक्षा नेपाली क्रिकेट पदाधिकारीको रहेको थियो । पुस १९ गते क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दा सचिव पारस खड्काले टेस्ट टोलीलाई बोलाउन समय लाग्ने रहेको आफूहरूले थाहा पाएको बताएका थिए ।

‘आयरल्यान्डको मुख्य टोली १० देखि १५ महिना व्यस्त छ, हामीले टेस्ट राष्ट्रलाई बोलाउन एक–डेढ वर्ष अघिदेखि नै तयारी गर्नुपर्ने रहेछ । हामीले अहिले आएर यो बुझ्यौं, त्यसैले अहिले आयरल्यान्डको ए टोलीलाई बोलाइरहेका छौं,’ खड्काले क्यालेन्डर सार्वजनिक गर्दै भनेका थिए ।

घोषित तालिकाअनुसार आयरल्यान्डको ‘ए’ टोली काठमाडौं आइसकेको छ । आयरल्यान्ड ‘ए’ ले नेपाली राष्ट्रिय टोलीसँग सोमबार र मंगलबार दुई ट्वान्टी–२० खेल्नेछ । त्यसपछि ट्वान्टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोली गुजरात र बडौदाको टोलीसँग त्रिकोणात्मक शृंखला खेल्न भारतको भापी लाग्नेछ ।

आईसीसीको पछिल्लो टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ को भ्रमणले भविष्यमा टेस्ट टोलीको नेपाल आउने ढोका खुल्ने विश्वास क्यानको रहेको छ । १६ वर्षयता पहिलो पटक टेस्ट राष्ट्रका कुनै पनि टोली नेपाल आएर खेल्न लागेको हो । सन् २००८ मा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को एकेडेमी टोली काठमाडौं आएर नेपाली राष्ट्रिय टोलीसँग तीन एकदिवसीय खेलेको थियो । त्यस्तै बंगलादेशको यू–१७ टोली २००८ मा र भारतको यू–१९ टोली २००३ मा काठमाडौं आएर खेलेका थिए ।

तर त्यतिखेर नेपाली क्रिकेट अहिलेको जस्तो हैसियतमा थिएन, विश्व क्रिकेट लिगको संरचनामा आउने प्रयासमा थियो । नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त र दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्ने क्रममा रहेकाले वर्तमानमा टेस्ट राष्ट्रबाट आएका टोलीलाई ल्याएर खेलाउँदा भोलिका दिनमा नेपालको ठूला राष्ट्रसँग खेल्न यसले पुल जोड्ने कार्य गर्न सक्छ ।

आयरल्यान्ड ‘ए’ ले त्यसै पनि बलियो टोली पठाएको छ । टोलीमा रहेका १५ मध्येका ९ खेलाडीले आयरल्यान्डको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । म्याथ्यु हम्फ्रेयज र फिओन ह्यान्डले गत वर्ष आयरल्यान्डबाट टेस्ट खेलिसकेका छन् । हम्फ्रेयजले गलमा श्रीलंकाविरुद्ध र ह्यान्डले लर्ड्समा इंग्ल्यान्डविरुद्ध आफ्नो एकमात्र टेस्ट खेलेका थिए ।

पिटर मुरे, बेन ह्वाइट, जेम्स म्याकलमसँग पनि टेस्टको अनुभव रहेको छ । मुरे यस्ता खेलाडी हुन् जसले दुई राष्ट्रबाट टेस्ट खेलेका छन् । २०१६ मा न्युजिल्यान्डविरुद्ध बुलावायोमा टेस्ट डेब्यु गरेका मुरेले जिम्बाब्वेबाट थप सात टेस्ट खेले । अर्को ५ टेस्ट उनले आयरल्यान्डबाट खेलेका हुन् । आयरल्यान्डले हालैमात्र यूएईमा गएर अफगानिस्तानसँग १ टेस्ट तथा समान ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । अफगानिस्तानमाथिको विजय आयरल्यान्डको टेस्ट क्रिकेटमै पहिलो विजय थियो । मुरे आयरल्यान्डको सो ऐतिहासिक टोलीमा रहेका थिए ।

ग्यारेथ डेलानी पनि यूएईबाट अफगानिस्तानसँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेर नेपाल आएका हुन् । कप्तान निइल रकसहित रस एडिएर, ग्यारेथ डेलानी, जेम्स म्याकलम र म्याथ्यु फोस्टरसँग आयरल्यान्डबाट एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ ।

दुई महत्त्वपूर्ण प्रतियोगिता खेल्न गइरहेको नेपाली टोलीलाई एकीकृत भएर खेल्ने आयरल्यान्ड ‘ए’ सँगको दुई खेल निकै महत्त्वपूर्ण हुन सक्छ । व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरमा ‘प्रयोग’ मा धेरै समय खर्चिएका कारण नेपालले नतिजा सो अनुरूप निकाल्न सकेको छैन । यही कारण विश्वकप क्रिकेट लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग तथा त्यसपछि यही दुई टोलीसँगको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपाल नराम्रोसँग चुक्न पुगेको थियो ।

नेपालको हारको यो शृंखला यहीं रोकिएन । हङकङ गएर नेपाल वरीयतामा आफूभन्दा अलिक तल रहेका टोली हङकङ र पपुवा न्यु गिनीसँग पराजित हुन पुगेको थियो । आयरल्यान्ड ‘ए’ सँग पछि भारतको भापीमा पनि नेपालसँग एसिया कप छनोट र विश्वकप खेल्नुअघि तयारीका लागि राम्रो अवसर रहेको छ । एसिया कप छनोट अप्रिलमा र ट्वान्टी–२० विश्वकप जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुनेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अविनाश बोहरा र आकाश चन्द छन् । प्रमुख प्रतियोगिता खेल्न जानुअघि केही खेलाडीलाई आफूलाई प्रमाणित गर्ने यो अन्तिम अवसर रहेको छ । नेपालको आयरल्यान्ड ‘ए’ सँग सोमबार दिउँसो १ बजे सुरु हुने यस खेललाई वर्षाले प्रभावित पार्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमानमा दिउँसो कीर्तिपुरमा फाटफुट वर्षाको सम्भावना देखाइएको छ ।

आयरल्यान्ड ‘ए’ ले त्यसपछि नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ । विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा क्यानले आइतबार गरेको छ । राष्ट्रिय टोलीको ढोका घचघचाइरहेका देव खनाल, रसिद खान, सागर ढकाल, कमलसिंह ऐरी, साहब आलम, अर्जुन कुमाललगायतले नेपालको ‘ए’ टोलीबाट ट्वान्टी–२० र एकदिवसीय शृंखलामा आयरल्यान्ड ‘ए’ सँग खेल्नेछन् ।

आरिफ शेख, भीम सार्कीजस्ता खेलाडी पनि भएकाले नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई बलियो चुनौती दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...