— गुजरात टाइटन्सले शनिबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको छ । रोहित शर्माको स्थानमा हार्द्धिक पान्ड्या विवादास्पद रूपमा मुम्बईको कप्तानमा नियुक्त भएयता यो हार बेहोरेको हो ।
जितका लागि १ सय ६९ रन पछ्याइरहेको मुम्बईका लागि शर्मा र डेवाल्ड ब्रेभिसले तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गर्दै बलियो स्थिति बनाए । त्यसमा शर्माले ४३ र ब्रेभिसले ४६ रन जोडे ।
तर गुजराती बलर हाबी हुँदै मुम्बईलाई नौ विकेटमा १ सय ६२ रनमै सीमित पार्न सफल रह्यो । त्यस अगाडि गुजरातले ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । त्यसमा साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए ।