मुख्य समाचार
केजरीवालले हिरासतबाटै सरकार चलाउने : आम आदमी पार्टी
केजरीवालले हिरासतबाटै सरकार चलाउने : आम आदमी पार्टी

— आम आदमी पार्टीले अरविन्द केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएको छ । भारतको इतिहासमा जेलबाटै सरकार चलाउने घटना पहिलो भएको पनि उसको दाबी छ ।

यसअघि गत महिना झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पवर्तन निर्देशनालय (ईडी)को नियन्त्रणमा पुगेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । विगतमा लालु यादव र जयललिता मुख्यमन्त्री रहँदै पक्राउ पर्दा पदबाट राजीनामा दिएका थिए । तर, केजरीवाल ईडीको हिरासतमा पुगे पनि मुख्यमन्त्री पदबाट राजीनामा भने दिएका छैनन् । आम आदमी पार्टीले मुख्यमन्त्री केजरीवालको बचाउ गर्दै उनले जेलबाटै सरकार चलाउने बताएको हो ।

भ्रष्टाचार विरोधी आन्दोलनबाट राजनीतिमा उदाएका आम आदमी पार्टीका प्रमुख दिल्लीका मुख्यमन्त्री केजरीवाल भ्रष्टाचारकै आरोपमा पक्राउ परेका हुन् । ईडीले बिहीबार राति उनलाई मुख्यमन्त्रीको सरकारी निवासबाट पक्राउ गरेको थियो । राउज एवेन्यु कोर्टले केजरीवाललाई थप ६ दिन ईडीको हिरासतमा राख्न शुक्रबार आदेश दिएको छ । ईडीले थप अनुसन्धानका लागि १० दिनको समय मागेको थियो । २०२१ मा मदिरा बिक्री वितरणको सम्बन्धमा नयाँ नीति ल्याएको र त्यस नीतिबाट दिल्ली सरकारले भ्रष्टाचार गरेको ईडीको आरोप छ । दिल्ली सरकारले मदिराको बिक्री वितरणमा खुकुलो नीति ल्याएर बिक्री वितरणको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिएको थियो । त्यसअघि मदिरा व्यापारमा सरकारको ६० र निजी क्षेत्रको ४० प्रतिशत सहभागिता रहँदै आएको थियो । नयाँ नीति ल्याएर व्यापारीहरूबाट आम आदमी पार्टीले ठूलो आर्थिक लाभ लिएको आरोप छ ।

मदिरा नीति घोटालाको आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह महिनौंदेखि ईडीको हिरासतमा छन् । मुख्यमन्त्री केजरीवाल पक्राउ घटनाप्रति विपक्षी दलहरूले तिखो प्रतिक्रिया दिएका छन् । केजरीवाल पक्राउको घटनाले सबै विपक्षी पार्टीलाई एकत्रित गरेको छ । आम आदमी पार्टीका समर्थकहरूले दिल्लीमा प्रदर्शनसमेत गरेका थिए । त्यस क्रममा आपका सयौं कार्यकर्ता र दिल्लीका दुई जना मन्त्री पक्राउ परेका छन् । विपक्षी दलका नेताहरूले निर्वाचन आयोग पुगेर चुनावको मुखमा विपक्षी पार्टीमाथि सरकारी संयन्त्रबाट भइरहेको कारबाहीलाई रोक्न भनेका छन् ।

कांग्रेस नेता राहुल गान्धीले डराएको तानाशाहले मृत लोकतन्त्र बनाउन चाहेको भनेका छन् । उनले केजरीवाल पक्राउको इन्डिया गठबन्धनले कठोर जवाफ दिने बताएका छन् । कांग्रेसले चुनावको मुखमा आफ्नो पार्टीको बैंक खाता फ्रिज गरिएको समेत बताएको छ ।

राष्ट्रिय कांग्रेसका शरद पवारले विपक्षीलाई निशाना बनाउन सरकारले केन्द्रीय एजेन्सीको दुरुपयोग गरेको आरोप लगाएका छन् । कम्युनिस्ट नेता सीताराम येचुरी, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन, तृणमुल कांग्रेसका प्रमुख ममता बनर्जी, राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव सहितका विपक्षी नेताहरूले केजरीवाल पक्राउ घटनाको निन्दा गरेका छन् । एकपछि अर्को विपक्षी नेताहरू सरकारी एजेन्सीको निशानामा पर्नुलाई नेताहरूले देशमा संकटकालीन स्थिति र अलोकतान्त्रिक व्यवहार भनेर टिप्पणी गरेका छन् ।

सत्तारुढ भारतीय जनता पार्टीले भने भ्रष्टचार गर्ने जो कोहीलाई सरकारी संयन्त्रले नछाड्ने बताएको छ । केन्द्रीय मन्त्री स्मृति इरानीले भ्रष्टाचार विरोधी खोल ओडेर केजरीवाल र उनको मन्त्रिमण्डलले दिल्लीका जनतालाई ठगेको आरोप लगाइन् ।

भ्रष्टचार विरोधी आन्दोलनका अभियन्ता अन्ना हजारेले मदिराको विरोधमा आफूहरूले आवाज उठाएको र आज मदिरा ल्याएकै कारण केजरीवाल पक्राउ परेकामा दुःख व्यक्त गरेका छन् । आफूले केजरीवाललाई सम्झाएको तर उनले नसुनेको हजारेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...