मुख्य समाचार
कन्सर्ट हल नरसंहारपछि रुसमा राष्ट्रिय शोक दिवस
कन्सर्ट हल नरसंहारपछि रुसमा राष्ट्रिय शोक दिवस

— मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ । इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भाग्ने प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरिएको जानकारी दिँदै ‘बर्बर आतंककारी हमला’ पछाडि संलग्न रहेकाहरूलाई सजाय दिने वाचा गरेका छन् । किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले आफूहरूमाथि दोष थोपर्ने प्रयास गरेको आरोप लगाएका छन् ।


सार्वजनिक टेलिभिजन च्यानल रसिया २४ ले आइतबार बिहान भनेको छ, 'यो मानवीय त्रासदीमा आफ्ना प्रियजनहरू गुमाउनेहरूसँग सम्पूर्ण मुलुक शोकमा छ ।'

पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेवारीको दाबीको सन्दर्भलाई जोड्नभएन ।

शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीहरूले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ ।

जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, ‘इस्लामसँग लड्ने मुलुकहरू’ सँग ‘भयानक युद्ध’ को हिस्साका रूपमा ‘मसिनगन, एउनटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो’।'

एसआइटिई गुप्तचर समूहका अनुसार बन्दुकधारीहरूले गोली हानेको करिब एक मिनेट र आधा मिनेट लामो भिडियो सामान्यतया आइएसले प्रयोग गर्ने सामाजिक सञ्जाल खाताहरूमा पोस्ट गरिएको छ । भिडियो कन्सर्ट स्थलको लबीबाट खिचिएको जस्तो देखिन्छ । यसमा धमिलो अनुहार र अस्पष्ट आवाजसहितका धेरै मानिसलाई राइफलले गोली हानिरहेको तथा भुइँमा छरपस्ट निष्क्रिय शरीर र पृष्ठभूमिमा आगो लागिरहेको देखिन्छ ।

सन् २००४ मा बेसलान विद्यालयको घेराबन्दीपछिको उक्त हमला रुसमा सबैभन्दा घातक हमला थियो । रुसी अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने अनुमान गरेका छन् । अस्पतालमा अझै एक सय १० जनाको उपचार भइरहेको छ ।

मुलुक शोकमा डुबेको बेला उद्धारकर्मीहरूले आइतबार पनि जलिरहेको भवनबाट शव निकालिरहेका थिए । आपत्कालीन स्थिति मन्त्रालयले अहिलेसम्म २९ जनाको नाम सार्वजनिक गरेको छ । आगलागीले शवको सनाखत गर्न जटिल बनाएको छ ।

मन्त्रालयले आइतबार क्षतिग्रस्त संरचनाहरू भत्काउन र भग्नावशेष हटाउनका लागि कार्यक्रम स्थलमा पुग्ने भारी उपकरणहरू आइपुगेको एउटा भिडियो पोस्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...