मुख्य समाचार
राजस्थान रोयल्सको विजयी सुरुआत
राजस्थान रोयल्सको विजयी सुरुआत

— इन्डियन प्रिमियर लिग आईपीएल-२०२४ अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा जितका लागि १ सय ९४ रनको लक्ष्य पाएको लखनउले ओभरमा छ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । जितका लागि उसले अन्तिम ओभरमा २७ रन बनाउन आवश्यक थियो ।

त्यसमा आभेव खानले कसिकसाउ बलिङ गरे । लखनउका लागि निकोलस पुरनले सर्वाधिक ६४ रन बनाए र नटआउट । उनले ४१ बलमा चार चौका र चार छक्का प्रहार गरे । तर त्यो पर्याप्त रहेन । कप्तान केएल राहुलले पनि ४४ बलमा ५८ रन बनाए । उनको ब्याटबाट ४४ बलमा चार चौका र दुई छक्का निस्केको थियो ।


राजस्थानले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ९३ रन बनाएको थियो । त्यसमा कप्तान सन्ज सामसने सर्वाधिक ८२ रन बनाए । त्यसका लागि उनले ५२ बलको सामना गरे र आक्रामक हुँदै तीन चौका तथा छ छक्का प्रहार गरे ।

यस्तै रियान परागले २९ बलमा ४३ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...