मुख्य समाचार
अमेरिकी डाक्टरहरुको चमत्कार, सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण
अमेरिकी डाक्टरहरुको चमत्कार, सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

। आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ ।

अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि सम्भावनाको नयाँ ढोका खोलिदिएको छ ।



गत शनिबार अमेरिकाको म्यासाच्युसेट्स जनरल अस्पतालमा ४ घण्टाको शल्यक्रिया पश्चात् डाक्टरहरुले एकजना ६२ वर्षीय पुरुषमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

सन् १९५४ मा यही अस्पतालमा विश्वमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


हाल सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका ६२ वर्षीय रिक स्लेम्यानको स्वास्थ्यमा सुधार आइरहेको छ छिट्टै नै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ ।

डाक्टरहरुका अनुसार नयाँ मिर्गौलाले वर्षौँसम्म काम गर्नसक्छ । तर यद्यपि जनावरहरुबाट मानिसमा प्रत्यारोपणमा अहिलेसम्म पनि विभिन्न कुराहरु पत्ता लगाउन बाँकी रहेको उनीहरुले बताएका छन् ।

हाल यस सफलताबाट भविष्यमा पशुहरुका अंगहरु मनिसमा धेरैभन्दा धेरै प्रत्यारोपण गर्न सकिने आशा जागेको छ । यसअघि ब्रेन डेड मानिसहरुमा परीक्षणका रुपमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर जीवित मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको भने यो पहिलो घटना हो ।

अस्पतालको विज्ञप्तिलाई उधृत गर्दै सिएनएनले बताए अनुसार स्लेम्यान ११ वर्षदेखि अस्पतालको प्रत्यारोपण कार्यक्रममा एकजना बिरामीको रुपमा थिए । कैयन् वर्षसम्म मधुमेह र उच्च रक्तचापबाट पीडित रहेका उनले सन् २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गराएका थिए । तर पाँच वर्षपछि नै प्रत्यारोपित मिर्गौलामा खराबी देखिन थाल्यो र २०२३ देखि पुनः डायलाइसिस सुरु गरे । गत वर्ष मिर्गौलाको समस्या अन्तिम चरणमा पुगेसँगै डाक्टरहरुले उनलाई सुँगुरको मिर्गौला ल्याउन सुझाव दिएका थिए ।

स्लेम्यानले भनेका छन्– मैले यसलाई केवल आफ्नो मद्दतका रुपमा मात्र होइन कि ती हजारौँ मानिसहरुको आशाको रुपमा हेरेँ जो मिर्गौलाको गम्भीर रोगसँग जुधिरहेका छन् ।

विश्वमा ठूलो संख्यामा बिरामीहरु अंगदाताको पर्खाइमा छन् । तर मानव दाताको अंगहरुको भने कमी छ । अमेरिकामा मात्र हरेक दिन १७ जना मानिसहरु कुनै न कुनै अंगको पर्खाइमै ज्यान गुमाउन बाध्य भैरहेका छन् । यसमा पनि मिर्गौला दाताको चरम अभाव छ । जनावरका अंगको मानिसमा सफल प्रत्यारोपणबाट उक्त समस्याको हल गर्नमा सहयोग पुग्न सक्दछ । पछिल्लो समयमा सुँगुरको मुटु समेत मानिसमा प्रत्यारोपणको प्रयास गरिएको छ ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन
जल्यो संसद भवन
सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक, आफैं पड्काए
बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम