मुख्य समाचार
फिक्सिङ आरोपी महबुब र आदिललाई सफाइ
फिक्सिङ आरोपी महबुब र आदिललाई सफाइ

— फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ क्रिकेटरले अदालतबाट सफाइ पाएका छन् । गत वर्ष काठमाडौंमा भएको नेपाल ट्वान्टी–२० लिगमा महबुब र आदिलसहितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न आरोप लगाई मुद्दा दायर गरेको थियो ।


काठमाडौं जिल्ला अदालतबाट सोमबार सबैले सफाइ पाएका हुन् । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप लागेका पाँच क्रिकेट खेलाडीविरुद्ध सीआईबीले गरेको दाबी नपुग्ने भन्दै सफाइ दिने निर्णय गरेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले क्रिकेटमा स्पट फिक्सिङको आरोप लागेका पाँच जना प्रतिवादीले सफाइ पाएको जानकारी दिए । ‘पाँच जना प्रतिवादी थिए । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासबाट अभियोग दाबी नपुग्ने फैसला भएको छ । सबै जनाले सफाइ पाएका छन्,’ पन्थीले भने । गत वर्ष नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलम, आदिल अन्सारी, नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । नितेश, महबुब र आदिललाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरू अदालतबाट धरौटीमा छुटेका थिए भने नवीन र रवि फरार भएका थिए ।

नेपाली राष्ट्रिय टोलीमा रहेका आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा लिगको १२ औं खेलमा काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नो–बल फालेका थिए । त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल अफ स्टम्पभन्दा धेरै बाहिर फालेपछि उनलाई अनुसन्धानको दायरामा ल्याइएको थियो । उनले खेलको आफ्नो एकमात्र ओभरमा १५ रन दिएका थिए । उनले नेपाल टी–२० लिगको कम्तीमा दुई खेलमा सोही प्रकारले खेलेको आरोप सीआईबीको थियो ।

१७ वर्ष राष्ट्रिय टोलीबाट खेलेका महबुबले दुई नेपाली खेलाडीमाथि स्पट फिक्सिङ गर्न प्रस्ताव गरेको आरोप सीआईबीले लगाएको थियो । नेपाल टी–२० लिग सकिएको दुई सातापछि महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।

निकै विवादस्पद नेपाल टी–२० लिगमा नवीन काठमाडौं किंग्सका मालिक थिए । नेपाल टी–२० लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) को कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर सेभेन थ्री स्पोटर््सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई प्रतियोगिताको बीचैबाट भारत फरार भएपछि विवादले उग्र रूप लिएको थियो ।

आदिलमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अनुसन्धान गरिहेकाले उनले तत्कालै खेल्न पाउने सम्भावना अझै निश्चित छैन । नेपाल टी–२० लिगका दौरान फिक्सिङ प्रस्ताव आएको भनी खेलाडीहरूले उजुरी गरेपछि आईसीसी टोली काठमाडौं आएर आदिललगायतका खेलाडीको बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...