। आगामी ४ देखि १३ साउनसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।
श्रीलंकाको दमबुल्लाहमा हुने प्रतियोगितामा ८ समूह सहभागी छन् । जसमा नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन् । यसअघि सन् २०२२ मा भएको एसिया कप महिला क्रिकेटमा ७ देश सहभागी थिए ।
यसअघि गत ४ फागुनमा एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित हुँदा एसिया कप खेल्ने अवसर गुमाएको थियो । तर एसीसीले एसिया कप खेल्ने टोली ८ बनाउँदै नेपाललाई मौका दिएको हो ।
नेपालले पहिलो खेल ४ साउनमा पाकिस्तानसँग खेल्नेछ ।