मुख्य समाचार
च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित
च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित

। स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको मैदानमा ३-२ ले पराजित गरेको छ ।

अवे मैदानमा प्राप्त यस जितले बार्सिलोनाको लागि घरेलु मैदानमा हुने दोस्रो लेगमा केही सहज बन्नेछ ।


पेरिसस्थित पार्क डे प्रिन्समा भएको खेलमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले ३७औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता कायम गरेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै दुई गोल खायो । ४८औं मिनेटमा बार्सिलोनाकै पूर्व खेलाडी उसमान डेम्बेले तथा ५१औं मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजीले खेलमा २-१ को अग्रता बनाएको थियो ।

तर बार्सिलोनाले पनि पुनरागमन गर्‍यो । ६२औं मिनेटमा बार्सिलोनाका राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आन्द्रे क्रिस्टेनसनले ७७औं मिनेटमा विजयी गोल गरे ।




यस जितमा बार्सिलोनाका युवा खेलाडीहरुले कीर्तिमान बनाए ।

३५ वर्षीय पोलिस स्ट्राइकर रोवर्ट लेवान्डोस्की र ३३ वर्षीय जर्मन मिडफिल्डर इल्के गुन्डोगान बाहेक अधिकांश युवा खेलाडी पहिलो रोजाइमा खेलेका थिए ।

दुई स्पानिस खेलाडी लामिन यामा (१६ वर्ष २७२ दिन) र पाउ कुबार्सी ( १७ वर्ष ७९ दिन) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पहिलो रोजाइमा खेल्ने युवा खेलाडी बने ।

डिफेण्डर जुल्स कोन्डे र रोनाल्ड अराउजो दुवै २५ वर्षका भए । यस्तै २१ वर्षका पेड्री र २० वर्षी पर्मिन लोपेजले बनेचबाट आएर खेले ।

अब दोस्रो लेग १६ अप्रिलमा बार्सिलोनाको मैदानमा हुनेछ ।

अर्को क्वाटरफाइनल पहिलो लेगमा स्पेनकै एट्लेटिको मड्रिले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ ले हरायो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोका लागि रोड्रिगो डे पउलले चौथो र लिनोले ३२औं मिनेटमा गोल गरे ।

डर्टमण्डका लागि सेबास्टिन हेलरले ८१औं मिनेटमा एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...
: आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह ...
— कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले अनुभवी इनिङ्स खेलेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । यससँगै नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–२ को बराबरीमा ल्याएको छ । पहिला ब्याटिङ गरेको मलेसियाले क्वालालम्पुरस्थित वायुमास ओभलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ११ ...
: एसियाली फुटबल महासंघ (एएफसी) एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली टोलीको बिदाइ गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईलगायतले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा बोल्दै राखेप ...