मुख्य समाचार
२०८० मा नेपाली फुटबल : मैदान बाहिरको खेल हावी
२०८० मा नेपाली फुटबल : मैदान बाहिरको खेल हावी

। वर्ष २०८० मा नेपाली फुटबल मैदानमा भन्दा मैदान बाहिर बढी चर्चामा रह्यो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि फुटबलर विदेश पलायन हुने क्रम जारी रहँदा मैदानमा नेपाली टिमको प्रदर्शन कमजोर बन्यो ।

फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवाद र खेलाडी विदेश पलायनको असर मैदानमा देखियो । पुरुष टोली साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियाे, विश्वकप छनोटमा खेलेको ६ मध्ये ४ खेलमा पराजित भयो ।


महिला टोलीले पहिलो पटक वाफ च्याम्पियनसिप खेल्दा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेर नेपाली समर्थकलाई खुशी दियो । उमेर समूहमा नेपालको महिला र पुरुष दुवै टिमको प्रदर्शन खस्कँदै गयो ।

व्यक्तिगततर्फ भने कोही खेलाडी भविष्यको बारेमा सोच्दै विदेश पलायन भइरहँदा केही नेपाली खेलाडीले भने विदेशी लिगमै खेलेर सनसनी मच्चाइरहेका छन् ।


एन्फा अध्यक्ष बर्खास्तीको मागदेखि साधारण सभाको कीर्तिमान

यस वर्ष एन्फाको खुबै चर्चा भयो । चाहे त्यो अध्यक्षको बर्खास्तीको माग होस् या साधारण सभाको कीर्तिमान होस् । एन्फाको इतिहासमै अध्यक्षले पहिलो पटक आफ्नो पदबाट बर्खास्तीको सामना गर्नुपर्‍यो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बर्खास्तीको माग गर्दै बहुमत सदस्यले प्रस्ताव हाले । तर हेटौंडामा भएको विशेष साधारण सभाले अध्यक्ष बर्खास्तीको प्रस्तावलाई बहुमतले अस्वीकार गरेपछि नेम्वाङको पद जोगियो ।

एन्फाले चार महिनाभित्र तीन साभारण सभा गर्दै कीर्तिमान बनायो । तर उपलब्धि भने उत्साहपूर्ण थिएन । केन्द्रीय कार्यसमिति भित्रै पदाधिकारी र सदस्यले असहमति राख्दा राख्दै एन्फाले वार्षिक साधारण सभा गर्दे क्यालेन्डर पास लगायत महत्वपूर्ण निर्णय अनुमोदन गरेको थियो । तर त्यसअघिको कार्यसमिति बैठकमै केही पदाधिकारीहरूले साधारण सभामा लैजाने एजेन्डा सर्वसम्मत हुनुपर्ने माग राखे पनि त्यसो हुन सकेन ।

एन्फाले घरभित्रको समस्या समेत राम्रोसँग मिलाउन नसक्दा बाहिर छताछुल्ल नै भयो । अष्ट्रेलियामा भएको फिफा महिला विश्वकपमा टिकट र पदाधिकारी भ्रमणदेखि नेपालको खेलमा मलेसिया र बहराइनमा अफिसियलको भ्रमणमा नकारात्मक रूपमा चर्चा पायो । मैदानमा टिमको प्रदर्शन राम्रो हुन नसक्दा पदाधिकारी भ्रमणकै विषय बढी हावी बन्यो ।

विश्वकप छनोटमा कमजोर प्रदर्शन

सन् २०२६ मा उत्तर अमेरिकी महादेशको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ को छनोटमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो ।

सन् २०२७ मा हुने एएफसी एसियन कपको प्रारम्भिक छनोटको रूपमा समेत रहेको विश्वकप छनोटमा नेपालले यस वर्ष कूल ६ खेल खेल्दा जम्मा एक खेल मात्र जित्यो भने चार खेलमा पराजित भयो । एक खेल बराबरी गरेको थियो ।

प्रारम्भिक छनोटमा नेपालले लाओससँग होम एण्ड अवेका आधारमा खेलेको थियो । यस खेलमा विजेता हुने टोली मात्र अघि बढ्ने भएकोले दुवै टोलीलाई जितको विकल्प थिएन ।

घरेलु मैदानमा भएको पहिलो खेलमा नेपालले लाओससँग १-१ गोलको बराबरी खेलेको थियो । तर लाओसलाई उसको मैदानमा दोस्रो खेलमा १-० ले पराजित गर्दै नेपाल समग्रमा २-१ को जितसहित दोस्रो चरणमा पुग्यो ।

दोस्रो चरणमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो । समूह एचमा रहेको नेपालले यूएईसँगको पहिलो अवे खेलमा ४-० हार व्यहोर्‍यो । त्यसपछि नेपालले हराउन सक्ने टिमको रुपमा रहेको यमनविरुद्ध घरेलु मैदानमा खेल्दा जित्ने सम्भावना थियो तर उल्टै यमनसँग नेपाल २-० ले पराजित भयो ।

त्यसपछि नेपालले होम र अवे दुवै म्याच बहराइनसँग उसैको मैदानमा यही चैत महिनामा खेलेको थियो । होम म्याचको रूपमा रहेको पहिलो खेलमा ५-० ले पराजित भएको नेपाल दोस्रो खेलमा भने केही सुधारिएको प्रदर्शन गर्दै ३-० ले पराजित भयो । समग्रमा नेपाले चार खेलमा १४ गोल खाँदा एक गोल समेत गर्न सकेन । खेलाडी विदेश पलायनको असर यहाँ पनि देखियो ।

साफ च्याम्पियनसिपमा समूह चरणबाटै आउट

नेपालको पुरुष टिम माल्दिभ्समा २०२२ मा भएको साफ च्याम्पियनसिपमा फाइनल पुगेको थियो । साविक उपविजेताको हैसियतमा असारमा भारतको बेंगालुरमा भएको साफ च्याम्पियनसिप खेल्न पुगेको नेपाली टोलीलाई साख जोगाउने चुनौती थियो । यस पटक नेपालको प्रशिक्षक नयाँ थिए भिनसेन्चो अल्बर्टो एनेस । साफ च्याम्पियनसिप नै नेपालको लागि उनको पहिलो प्रतियोगिता थियो । अर्कोतर्फ कुवेत र लेवनान आमन्त्रित टिमको रूपमा साफ खेल्दा नेपाल जस्तो टिमलाई राम्रो प्रदर्शन गर्ने चुनौती थियो ।

तर नेपाल समूह चरणबाटै बाहिरियो । नेपालको नतिजा दुई खेलमा हार र एकमा जित थियो । पहिलो खेलमै कुवेतसँग ३-१ ले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना सकिएको थियो । प्रतिष्ठाको लडाईंको रूपमा रहेको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० ले हराएर घर फर्कियो । नेपालका लागि अन्जन विष्टले कुवेतविरुद्ध गोल गरेका थिए भने आशिष चौधरीले नेपालका लागि पहिलो पटक गोल गर्दा पाकिस्तानलाई नेपालले १५ वर्षपछि साफ च्याम्पियनसिपमा हराएको थियो । नेपालले पाकिस्तानलाई साफमा पछिल्लो पटक सन् २००८ मा पराजित गरेको थियो ।

महिला फुटबलको एसियाडमा डेब्यु

महिला फुटबल टिमले एसियाली खेलकुदमा पनि यसै वर्ष डेब्यु गर्‍यो । असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाडमा नेपालको महिला टिमले पहिलो पटक सहभागिता जनाएको हो । पुरुष टिम भने यस पटक सहभागी थिएन ।

महिला टिमले पहिलो पटक एसियाड खेल्दा कुनै खेल त जितेन तर विश्व विजेता जापान लगायत देशमा खेल्दै अनुभव बटुल्ने अवसर पायो ।

पहिलो पटक जापानसँग खेल्दा नेपाल ८-० ले पराजित भयो । यस्तै विश्वकप छनोटमा खेलिसकेको टिम भियतनाम विरुद्ध पनि नेपालले एसियाडमा खेल्यो । त्यस खेलमा भने नेपाल ३-० ले पराजित भयो । अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १-१ को बराबरी गरेको थियो । सविना खातुले बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । तर रेखा पौडेलले नेपालका लागि बराबरी गोल गरिन् । रेखा एसियाडमा गोल गर्ने पहिलो नेपाली महिला बनिन् ।

वाफ च्याम्पियनसिपमा महिला टिमको उत्कृष्ट प्रदर्शन

नेपालको महिला टिमले घरेलु प्रतियोगिता खेल्न नपाए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा भने गज्जबको प्रदर्शन गर्‍यो । त्यसैको नतिजा नेपाली महिला टिम साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बन्यो ।

यस पटक महिला टिम उपविजेता मात्र बनेन् संसारभर रहेको नेपालीलाई खुशी दियो र मैदानमा अब्बल प्रदर्शन गर्दे उत्तिकै चर्चा पनि पायो । महिला टिमले लगानी गरेमा नतिजा दिन सकिन्छ भनेर सन्देश दियो ।

पहिलो पटक वाफमा खेल्दा नेपालको प्रदर्शन कस्तो होला भन्ने थियो । तर समूह चरणको तीनवटै खेल जितेर सेमिफाइनल पुगेको नेपाले सेमिफाइनलमा लेवनानविरुद्ध पुनरागमन जित निकाल्दै फाइनल पुगेको थियो ।

फाइनलमा जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल पेनाल्टी सुटआउटमा पराजित हँदै उपविजेता बन्यो । नेपाली महिला टोली अन्तर्राष्ट्रिय फुटबलमा ११औं पटक उपविजेता बनेको हो ।

उमेर समूहमा कमजोर प्रदर्शन

कुनै समय नेपालको उमेर समूहको टिम दक्षिण एसियामै बलियो थियो । तर नेपालका एकेडेमीहरू सञ्चालन हुन छाडेपछि उमेर समूहको टिमको प्रदर्शन कमजोर हुँदै गयो । वर्ष २०८० मा पनि नेपालको महिला र पुरुष दुवैको उमेर समूहको टिमको प्रदर्शन कमजोर रह्यो ।

अखिल नेपाल फुटबल संघ एन्फाले उमेर समूहको लागि खुला छनोटमार्फत टिम बनाउँदा नेपालको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन ।

यस वर्ष नेपालको पुरुष यू १९ टिमले घरेलु मैदानमा साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको थियो । तर दशरथ रंगशालमा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलमा भारतसँग पेनाल्टीसुट आउटमा पराजित हुँदै बाहिरियो ।

समूह चरणमा पहिलो खेलमै पाकिस्तानसँग पराजित भएको नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । तर भारतसँग निर्धारित समयमको खेल २-२ को बराबरी भएपछि नेपाल पेनाल्टी सुटआउटमा पराजित भयो ।

घरेलु मैदानमा भएको अर्को प्रतियोगिता हो साफ यू १६ महिला च्याम्पियनसिप । अनुभवविहीन टोलीबाट उपाधि जित्ने लक्ष्य राखेको नेपालको प्रदर्शन कमजोर हुँदा फाइनल समेत पुग्न सकेन । बंगलादेशसँग ३-० ले पराजित भएको नेपालले भुटानलाई ३-० ले नै पराजित गरेको थियो । तर भारतविरुद्ध १०-० को फराकिलो हार नेपालको लागि गिज्याउने खालको थियो । जुन दक्षिण एसियामै उमेर समूहमा नेपालको सबैभन्दा फराकिलो हार हो ।

बंगलादेशको ढाकामा भएको साफ यु १९ महिला च्याम्पियनसिपमा समेत नेपाल फाइनल पुग्न सकेन ।

बंगलादेशसँग ३-१ ले पराजित हुँदै च्याम्पियनसिप सुरु गरेको नेपालले दोस्रो खेलमा भुटानलाई १-० ले पराजित गरेको थियो । तर अन्तिम खेलमा भारतसँग ४-० ले पराजित भएपछि नेपाल फाइनल पुग्न सकेन ।

एएफसी यू २० महिला च्याम्पियनसिप छनोटको पहिलो चरण पार गरेको नेपालले म्यानमार भएको दोस्रो चरणको छनोट खेलेको थियो । तर दोस्रो चरणमा नेपाल समूहको तीनवटै खेलमा पराजित भयो । म्यानमार, चीन र चाइनिज ताईपेईसँग नेपाल समान ५-० को नतिजामा पराजित भयो ।

यस्तै भुटानको थिम्पुमा भएको साफ यू १६ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो । भारत र बंगलादेश सम्मिलित उक्त समूहमा नेपाल दुवै खेलमा समान १-० को नतिजामा पराजित भयो ।

साम्बाको छलाङ

यस वर्ष नेपाली फुटबलमा भएको सबैभन्दा राम्रो कुरा सावित्रा भण्डारी साम्बाले युरोपमा खेल्दै कीर्तिमान बनाउनु बन्यो । सावित्रा फ्रेन्च लिगमा खेल्ने पहिलो नेपाली खेलाडी बनिन् । उनले फ्रेन्च लिग खेलिन् र एक गोल समेत गरिन् ।

साम्बाले फ्रान्समा खेल्नुअघि इजरायली क्लब हापोएल रानामा अनुबन्ध हुँदै इतिहास बनाएकी थिइन् । त्यसमा उनी दक्षिण एसिया बाहिर खेल्ने पहिलो नेपाली खेलाडी बनिन् । इजरायल एसियाली देश भए पनि उनीहरूले युरोपियन फुटबल खेल्ने भएकोले सावित्राले युरोपियन लिगमा अनुभव इजरयालमा हुँदै लिइसकेकी थिइन् ।

तर इजरायलमा युद्ध हुँदा सावित्रा नेपाल फर्केकी थिइन् । सावित्राको लागि भने अर्को अवसरको ढोका खुल्यो । इजरायलमा हुँदै उनको फ्रेन्च क्लबसँग कुरा भइरहेको थियो र उनी गुइगाम्पमा अनुबन्ध भइन् ।



सावित्रा बाहेक नेपालका अन्य ७ खेलाडीले यस वर्ष भारतमा इन्डियन वुमन्स लिग खेले । कप्तान एन्जिला तुम्बापो सुब्बाले लगातार दोस्रो सिजन सेथु एफसीबाट खेल्दा गीता रानाले पनि पहिलो पटक सेथुबाट खेलिन् । यस्तै प्रीति राई र दीपा शाहीले किकस्टार्ट एफसीबाट खेले । प्रीति वाफ च्याम्पियनसिपमा घाइते भएपछि उनको स्थानमा अनिता केसीले बाँकी खेल खेलिन् । यसैगरी अमृता जैशी र रश्मीकुमारी घिसिङले स्पोर्टस् ओडिशाबाट खेले ।

यस्तै पुरुषतर्फ नेपाली टिमका कप्तान किरणकुमार लिम्बु भारतीय शीर्ष लिग इन्डियन सुपगमा पञ्जाव एपसीबाट खेलिरहेका छन् । मिडफिल्डर एरिक विष्ट दोस्रो श्रेणीको लिग आई लिगमा सिलोङ लाजोङबाट खेलिरहेका छन् ।

नेपाली राष्ट्रिय टिमाका लागि हरि खड्का र निराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका अन्जन विष्टले सिक्किम प्रिमियर लिग खेलेका थिए । बंगलादेश प्रिमियर लिगमा फोर्टिस एफसीमा अनुबन्ध समेत भएका अन्जनले बहराइनविरुद्ध खेल्दा घाइते भएपछि बंगलादेशमा खेल्ने अवसर गुमाए ।

यस्तै रोहित चन्द इन्डोनेसियन लिगमा खेलिरहेका छन् ।

घरेलु फुटबल

राष्ट्रिय टिम छनोटको मुख्य आधारको रूपमा रहेको शहीद स्मारक ए डिभिजन लिग यस वर्ष हुन सकेन । एन्फाले पिफाको कन्ट्रो फण्डिङ लगायत विभिन्न कारणले गर्दा ए डिभिजन लिग हुन नसकेको जनायो । यसकै कारण पनि धेरै जसो खेलाडी विदेश पलायन भए । अघिल्लो वर्ष सुरू भएको ए डिभिजन लिग भने २०८० को जेठमा सकिएको थियो । जसमा चर्च ब्वाइजले शीर्ष डिभिजनमा डेब्युमै ए डिभिजन लिगको उपाधि जित्दै कीर्तिमान बनायो ।

यस्तै बी डिभिजन लिग पनि सुरू हुन सकेन भने सी डिभिजन लिग केही दिनअघि सुरू भएको छ ।

एन्फाले पहिलो पटक एन्फा यू १६ युथ लिग आयोजना गर्‍यो । तर सुरूमा विवाद भएको यस प्रतियोगिता एन्फाले जसोतसो सकायो । यसमा मच्छिन्द्र क्लबले उपाधि जित्यो ।

फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण यसै वर्ष आयोजना भयो । जसमा ललितपुर सिटी एफसीले धनगढी एफसीलाई हराउँदै नयाँ विजेता बन्यो । धनगढी लगातार दोस्रो पटक उपविजेता बन्यो ।


Results
२०८० माघ १८, बिहीबार
Tribhuwan Army Club
Tribhuwan Army Club Won
2 - 1
Church Boys United
Church Boys United
Details
२०८० माघ १७, बुधबार
Three Star Club
Three Star Club Won
1 - 0
Jawalakhel Youth Club
Jawalakhel Youth Club
Details
२०८० माघ १६, मंगलबार
Church Boys United
Church Boys United Won
1 - 0
Nepal Police Club
Nepal Police Club
Details
२०८० माघ १५, सोमबार
Manang Marsyangdi Clu
Manang Marsyangdi Clu
1 - 1
Jawalakhel Youth Club
Jawalakhel Youth Club Won
Details
२०८० माघ १४, आइतबार
Sankata club
Sankata club
0 - 3
Tribhuwan Army Club
Tribhuwan Army Club Won
Details
२०८० माघ १३, शनिबार

Paro FC

Paro FC
0 - 2
Three Star Club
Three Star Club Won
Details
२०८० माघ १२, शुक्रबार
Nepal Police Club
Nepal Police Club Won
2 - 0
APF football club
APF football club
Details
२०८० माघ ११, बिहीबार

Machhindra FC

Machhindra FC
0 - 1
Jawalakhel Youth Club
Jawalakhel Youth Club Won
Details
२०८० माघ १०, बुधबार
Rising Star FC, Nawalparasi 

Rising Star FC, Nawalparasi 

0 - 1
Tribhuwan Army Club
Tribhuwan Army Club Won
Details
२०८० माघ ९, मंगलबार
Sahara club
Sahara club
1 - 2
Three Star Club
Three Star Club

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...