। बायर लेभरकुजनले बायर्न म्युनिखको अधिपत्य तोड्दै पाँच खेल अगावै जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ ।
आइतबार राति भएको २९औं चरणको खेलमा वेडर ब्रेमेनलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै लेभरकुजनले उपाधि पक्का गरेको हो । लेभरकुजनको जितमा फ्लोरिन विर्ट्जले ह्याट्रिक गर्दा भिक्टोर बोनिफेस र ग्राइन्ट जाकाले एक/एक गोल गरे ।
स्पानिस प्रशिक्षक जावी अलोन्सोको प्रशिक्षणमा लेभरकुजनले यस सिजन गजज्बको पेरशर्न गरिरहेको छ र २९ खेलसम्म अपराजित छ । २०२२ अक्टोबरमा जावीले टिम सम्हाल्दा लेभरकुजन रेलेगेसन जोनमा थियो । तर करिब १८ महिनापछि नै उनले टिमलाई च्याम्पियन बनाए ।
क्लबको १२० वर्षको इतिहासमा लेभरकुजनले पहिलो पनि जर्मन लिग उपाधि जितेको हो । लेभरकुजन बुण्डेसलिगा जित्ने १३औं क्लब हो भने सन् २००८-०९ मा वल्फ्सवर्ग पछि लिग जित्ने नयाँ क्लब हो ।
जितपछि शीर्ष स्थानको लेभरकुजनको २९ खेलबाट ७९ अंक भएको छ । समान खेलबाट बायर्नको ६३ अंक छ । अब १५ अंकको खेल बाँकी हुँदा लेभरकुजनले बायर्नमाथि १६ अंकको अग्रता बनाइसकेको छ ।
लेभरकुजनको जितले बायर्नको लगातार ११ लिग उपाधिको यात्रामा पनि ब्रेक लागेको छ ।