मुख्य समाचार
सिड्नी चक्कु आक्रमण घटना : महिलालाई मात्र लक्षित गरी प्रहार गरेको प्रहरीको दावी
सिड्नी चक्कु आक्रमण घटना : महिलालाई मात्र लक्षित गरी प्रहार गरेको प्रहरीको दावी

: अष्ट्रेलियाको प्रहरीले सिड्नीको एक मलमा चक्कु प्रहार गर्ने पुरुषको निशाना महिला नै भएको देखिएको बताएको छ ।


४० वर्षीय जोएल काउचीले शनिबार भीडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा चक्कु प्रहार गरेर ६ जनालाई मारेका थिए।

यस आक्रमणमा मारिएका ६ जनामध्ये ५ जना महिला छन् । यस आक्रमणमा एक बालिका सहित धेरै जना घाइते भएका छन् ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्तले अष्ट्रेलियाली प्रसारक एबीसी न्यूजलाई भने, 'स्पष्ट रूपमा काउचीले महिलाहरूलाई लक्षित गरेको थिए।'

उक्त हमलामा मृत्यु भएका एकमात्र पुरुष ३० वर्षीय सुरक्षा गार्ड फराज ताहिर हुन् । फराज ताहिरले आक्रमणकारीलाई रोक्न खोजेका थिए।

प्रहरी आयुक्तले भने, ‘भिडियोमा सबै कुरा स्पष्ट छ। आक्रमणकारीले महिलाहरूलाई लक्षित गरेका चक्कु प्रहार गरेका थिए र पुरुषहरूलाई छाडिदिएका थिए।'

अधिकारीहरूले आक्रमणपछि आक्रमणकारीको मानसिक स्वास्थ्य पनि यस आक्रमणको कारण हुन सक्ने बताएका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...