मुख्य समाचार
वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

: सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।


स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ।

उनले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताए। सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।

उनले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताए। पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने बताए।

‘भिटामिन ए र जुकाको औषधि खुवाउन आएका अभिभावकलाई तपाईंको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर महिला स्वयंसेविकाले सोध्ने गर्दछन,’ उनले भने, ‘यदि खोप लगाउन छुटेको हो भने नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन महिला स्वयंसेविकाले अनुरोध गर्दछन्।’ सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन
जल्यो संसद भवन
सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक, आफैं पड्काए
बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम