मुख्य समाचार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सबै मिलेर सफल बनाऔं : सदस्यसचिव घिसिङ
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सबै मिलेर सफल बनाऔं : सदस्यसचिव घिसिङ

: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन्।


राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका राष्ट्रिय खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आइतबार भएको बैठकमा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्। ‘राष्ट्रपति रनिङ सिल्ड जुनियर स्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो। यसलाई भब्य र सफल बनाउनु हामी सबैको कर्तब्य हो’, सदस्यसचिव घिसिङले भने, ‘हामी सबै मिलेर प्रतियोगितालाई सफल बनाऔं।’

उनले स्थानीय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भएर हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताउँदै खेलाडीको अनुसन्धानका लागि राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टिमलाई परिचालन गरिने बताए। उनले सहभागिता, पारदर्शी र जवाफदेहीमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याउँदै आगामी दिनमा खेलाडीलाई खाना/बसोबास बाहेक ‘पकेट मनि’ को पनि व्यवस्था गर्ने विषयमा परिषद्ले योजना बनाइरहेको बताए।


अनुगमनको जिम्मेवारी बोर्ड सदस्यलाई

राखेपको आयोजनामा हुने प्रतियोगितामा समावेश विभिन्न ६ खेलको अनुगमन गर्ने जिम्मेवारी राखेप बोर्ड सदस्यलाई दिएको छ। भलिबलमा नन्दा बस्याल, एथलेटिक्समा बिना श्रेष्ठ, कबड्डीमा पेमा डोल्मा लामा, करातेमा अञ्जना श्रेष्ठ, तेक्वान्दोमा अञ्जन धमला र उसुमा प्रकाशकुमार कुसारीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।

राष्ट्रपति रनिङ सिल्ड मंगलबार सुरु हुँदैछ। प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने छन्। उद्घाटन कार्यक्रममा मार्च पास्ट, विभिन्न विद्यालयका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स संघको प्रस्तुित रहने छ।

प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीको सहभागिता रहने छ। एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ। ५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको छ। प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ। यस्तै शीर्ष तीन स्थान हात पार्ने टिमले पनि नगद पुरस्कार पाउने छन्। जुनियर राष्ट्रिय कीर्तिमानका लागि १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...
: आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह ...