मुख्य समाचार
इजरायलमा रहेका नेपाली भन्छन्- जुनसुकै बेला युद्ध भड्किन सक्छ, उद्धारका लागि सरकार तयारी अवस्थामा रहोस्
इजरायलमा रहेका नेपाली भन्छन्- जुनसुकै बेला युद्ध भड्किन सक्छ, उद्धारका लागि सरकार तयारी अवस्थामा रहोस्

: इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न अनुरोध गरेको छ। आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै स्थानीय सुरक्षा प्रोटोकलहरू पालना गर्न,आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकारी रहन र आफ्नो सुरक्षामा ध्यान दिन अनुरोध गरेको हो।


दूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन र सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत आग्रह गरेको छ।

इरानले आक्रमण गरेपछि त्यहाँ कार्यरत नेपालीहरू चिन्तित बनेका छन्। इजरायलका अधिकांश स्कुल,विश्वविद्यालय,ठूला मार्टलगायत व्यापारी केन्द्र बन्द छन्। इजरायलको तेल अविवमा कार्यरत खेम कट्टेलले अवस्था सामान्य नरहेको र आवश्यक परे नेपाल सरकार नेपालीहरूको उद्दारका लागि तयारी अवस्थामा रहनुपर्ने बताए।

उनका अनुसार त्यहाँ रहेका भारतलगायतका विभिन्न विदेशी राजदूतावासहरूले आफ्ना नागरिकहरूले इजरायल छोड्न चाहे तत्काल सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेका छन्।

आइतबार बिहान झन्डै साढे १ बजेतिर इरानले हानेको ड्रोन र मिसाइल इजरायली क्षेत्रमा प्रवेश गरेको थियो। इरानले पठाएको ड्रोन र मिसाइल अन्तै खसालेको इजरायलले दावी गरेको छ।

इजरायलमा झन्डै ८/९ हजार नेपाली कार्यरत छन्। त्यहाँ रहेका नेपालीहरू कति बेला के हुन्छ भन्नेमा आतंकित रहेको कट्टेलले बताए। हमासको आक्रणभन्दा पनि इरानले गरेको आक्रमण खतरानाक रहेको भन्दै उनले जतिबेला पनि जस्तोसुकै अवस्था आउन सक्ने बताए।

कट्टेलले जुनसुकै बेला अवस्था भड्किन सक्नेतर्फ इंकित गर्दै नेपाल सरकार यहाँका नेपालीहरूको उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...