मुख्य समाचार
गएको ५ वर्षमा यूएईमा १,७६६ नेपालीको मृत्यु
गएको ५ वर्षमा यूएईमा १,७६६ नेपालीको मृत्यु

: सन् २०२३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) मा १ सय ६५ जना नेपालीको मृत्यु भएको छ। तीमध्ये बिरामी वा हृदयघात (प्राकृतिक) भई मृत्यु हुने ९२ जना र आत्महत्या गर्नेको संख्या ४२ जना रहेको छ। २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो।


त्यसैगरी यो वर्ष ४ जनाको हत्या भएको छ। सन् २०२२ को यही अवधिमा १ सय ८५ नेपालीको मृत्यु भएको थियो। त्यसैगरी सन् २०२१ मा १३६ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा कति महिला र कति पुरुष खुलेको छैन। गत ५ वर्षको अवधिमा १७ सय ६६ नेपालीको मृत्यु भएको छ। जसमध्ये सन् २०२० र २०२१ मा गरेर ५० जना नेपालीको मृत्यु कोभिडको कारण भएको थियो।


त्यसैगरी यूएईको जेलमा रहने नेपालीहरूको संख्या १ सय ७६ रहेको छ। दूतावास स्रोतका अनुसार अधिकांश नेपालीहरू लागुऔषध र मदिरासम्बन्धी अभियोगमा यूएईको जेलमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो। स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन्। उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) ...
— रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रुकुमकोटका ३६ वर्षीय विनोद केसी गएको ५ महिनादेखि सम्पर्कविहीन छन् । वैदेशिक रोजगारीका क्रममा १५ वर्षअघि साउदी अरवको जेद्दाह पुगेका उनी अहिले कसैको सम्पर्कमा नरहेको दाइ जयबहादुरले जानकारी दिएका छन् । विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका लागि विदेशिएका विनोद ९ वर्षअघि २०७२ सालमा पछिल्लोपल्ट घर आएको र त्यसपछि साउदीमै काम गरिरहेको ...
। आन्तरिक द्वन्द्व चलिरहेको म्यानमारमा १४ जना नेपाली अलपत्र परेका छन् । बर्मास्थित नेपाली दूतावासलाई पुगेको सूचना अनुसार उनीहरू सीमा क्षेत्रमा पर्ने म्यावडी भन्ने ठाउँमा फसेका छन् र उद्दारका लागि अनुरोध गरेका छन् । बर्माका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरेले बताए अनुसार उनीहरू रहेको स्थान स्थानीय जातीय समूहको कब्जामा रहेको क्षेत्रमा पर्छ । केहीअघि त्यस क्षेत्रमा तैनाथ ...
। गत १८ मंसिरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई कतारमा कार्यरत नेपाली श्रमिकलाई २४ घण्टा बिमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरे । भेटका क्रममा उपराष्ट्रपति यादवले मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउनदेखि विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक ...
: मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो। अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले ...