। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्न लिएको ऋणको चैतको किस्ता भुक्तानी गरेको छ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई नेवानिले चैत महिनाको किस्ता भुक्तानी गरेको हो । नेवानिले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्न ती दुई कोषबाट ऋण लिएको थियो ।
नेवानिका अनुसार दुई न्यारोबडी जहाजको चैत महिना (२०८०) को किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी (३० चैत २०८०) कुल ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ किस्ता भुक्तानी गरिएको हो ।
निगमले २०८० चैतसम्म ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।
कोरोना महामारीले निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो अवधिको ब्याज, हर्जना र पेनल छुटका साथै किस्ता संख्या वृद्धि गरी ऋण दायित्व भुक्तनीमा सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध पत्र समेत पठाइएको निगमले जनाएको छ ।