मुख्य समाचार
सलमानको घरबाहिर गोली चलाउने दुई जना आरोपी पक्राउ
सलमानको घरबाहिर गोली चलाउने दुई जना आरोपी पक्राउ

। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जनालाई पश्चिमी कच्छबाट पक्राउ गरेको गुजरात प्रहरीले पुष्टि गरेको छ । प्रहरीले मंगलबार दुवै आरोपीसँग सोधपुछ गर्ने जनाइएको छ ।

यी दुवै सुटर लरेन्स विष्णोई ग्याङसँग सम्बन्धित भएको बताइएको छ । पक्राउ परेका २४ वर्षीय विक्की गुप्ता र २१ वर्षीय सागर श्रीजोगेन्द्र पालमाथि आइतबार बिहान सलमानको घरबाहिर गोली चलाएको आरोप छ ।

प्रहरीका अनुसार घटनापछि यी दुवै मुम्बईबाट भागेका थिए । त्यसपछि दर्शन गर्न भन्दै माधनी माता मन्दिरमा पुगेका थिए । यी दुवै सुटर बिहारको पश्चिमी चम्पारणका बासिन्दा भएको बताइएको छ । बिहारसँग घटनाक्रम जोडिएपछि बिहार प्रहरी पनि सतर्क बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि पनि ग्याङका दुई सुटर बिहारबाट पक्राउ परिसकेका छन् । लरेन्स विष्णोई यतिबेला गुजरातको साबरमती जेलमा कैद छन् ।

यो घटनामा सुटरले केही दिनअघि बान्द्रास्थित सलमानको निवास ग्यालेक्सी अपार्टमेन्टको रेकी गरेको र लरेन्स विष्णोईका भाइ अनमोलले फेसबुक पोस्ट गर्न भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क)को प्रयोग गरेको प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...
: काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ। हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ। प्रताप मल्लको पालाबाट बनाइँदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरूको भनाइ छ। झाँकीसहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासँगै बौद्ध पिपलबोटदेखि टुसालसम्म पुगेको थियो। बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा ...
। बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । निर्मात्री नीता ढुङ्गानासँग उनले लिखित सम्झौता गरेका छन् । सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबङ ३ सहित हालै रिलिज भएको ‘मेट्रो इन दिनो’मा उनको अभिनय छ । बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा पनि अभिनय गरेका छन् । उनले यसअघि श्रीकृष्ण श्रेष्ठ ...
। विश्वचर्चित फिल्म ‘स्पाइडर-म्यान’को नयाँ श्रृंखलाको छायांकन ग्लास्गोमा सुरु भएको छ । प्राप्त भिडियो र तस्वीरमा अभिनेता टम हल्याण्डले छायांकन थलोमा प्रशंसकलाई भेटिरहेको देखिन्छ । नयाँ श्रृंखलाको नाम ‘स्पाइडर-म्यान : ब्राण्ड न्यू डे’ राखिएको छ । स्कटल्याण्डमा छायांकन भएको अभिनेता हल्याण्डको यो लगातार दोस्रो फिल्म हो । उनी गत महिना इन्भरनेस र मोरे वरपरका विभिन्न स्थानमा क्रिस्टोफर ...