मुख्य समाचार
सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला
सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

। अष्ट्रेलियाको सिड्नीमा चक्कु प्रहारबाट ६ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै फेरि चक्कु प्रहारको अर्को घटना भएको छ । यो घटनामा भने कसैको मृत्यु भएको छैन तर चार जना घाइते भएका छन् ।

अष्ट्रेलिया प्रहरीका अनुसार सोमबार सिड्नीको उपनगर वाकेलीमा अवस्थित इसिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको समयमा चक्कु प्रहार भएको थियो । एक १५ वर्षे युवकले बिशप, एक पादरी र अन्य व्यक्तिहरूलाई आक्रमण गरेका थिए । प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको बेला यो आक्रमणलाई पनि सबैले देखेका थिए ।

यो घटनामा आक्रमणकारी पनि घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । एक साताभित्रै दुईपटक चक्कु प्रहारको घटना भएपछि प्रहरीले यसलाई धर्मको आधारमा भएको आतंकवादी हमलाको संज्ञा दिएको अलजजिराले जनाएको छ ।

न्यू साउथवेल्स प्रहरीका आयुक्त करेन वेबले मंगलबार पत्रकारहरुसँग भनेकी छन्, ‘सबै कुरा विचार गर्दा मैले यसलाई आतकंवादी घटना हो भन्दछु ।’


आक्रोशित स्थानीय

चर्चमा भएको आक्रमणपछि आक्रोशित दर्जनौं व्यक्तिहरू चर्च बाहिर भेला भएका थिए । उनीहरू र प्रहरीबीच झडप नै भयो । आक्रोशित समूहको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् भने २० वटा गाडीमा क्षति पुगेको बीबीसीले जनाएको छ ।

घाइतेहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पनि आक्रोशित समूहले करिब तीन घण्टासम्म घेरा हालेर राखेका थिए ।

यो घटनापछि प्रधानमन्त्री एन्थोनी एलबनिजले राष्ट्रिय सुरक्षा एजेन्सीको बैठक बोलाएर छलफल गरेका थिए । उनले अष्ट्रेलिया शान्तिप्रिय देश भएको भन्दै आतंकवादलाई कुनै स्थान नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...