मुख्य समाचार
बार्सिलोनालाई उसैको मैदानमा हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
बार्सिलोनालाई उसैको मैदानमा हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

। केलिएन एमबाप्पेले दुई गोल गरेपछि बार्सिलोनालाई दोस्रो लेगमा उसैको मैदानमा ४-१ ले पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा घरेलु मैदानमा ३-२ ले पराजित भएको पीएसजीले दोस्रो लेगमा नतिजा उल्टाउदै समग्रमा ६-४ को जित निकालेको हो ।

दोस्रो लेगमा पनि घरेलु मैदानमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो तर जोगाउन सकेन । राफिन्हाले १२औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले समग्रमा ४-२ को अग्रता बनाएको थियो ।

तर २९औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजो रातो कार्ड पाउदै मैदान बाहिरिएपछि पीएसजीले त्यसको फाइदा उठायो । ४०औं मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । दोस्रो हाफमा पीएसजीले थप ३ गोल गर्‍यो ।


५४औं मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजीले २-१ को अग्रता बनाउदै समग्रमा स्कोर ४-४ को बराबरीमा पुर्‍यायो ।

त्यसपछि एमबाप्पेले ६१औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत पहिलो गोल गरे भने ८९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले खेल ४-१ ले जित्यो ।

बार्सिलोनाका प्रशिक्षक जाभीले ५६औं मिनेटमा रातो कार्ड सामना गरेका थिए ।

यस्तै अर्को स्पानिस क्लब एट्लेटिको मड्रिड पनि पहिलो लेगमा अग्रता लिएपनि दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग पराजित हुँदै बाहिरिएको छ ।

घरेलु मैदानमा भएको दोस्रो लेग ४-२ ले जित्दै डर्टमण्डले समग्रमा ५-४ ले नतिजा आप्नो पक्षमा पारेको हो ।

डर्टमण्डका लागि जुलियन ब्रान्ट, इयान माटसेन, निकलस फुलकर्ग र मार्सेल सबितजरले एक/एक गोल गरे ।

यस्तै एट्लेटिकोका लागि एन्जल कवरेअले एक गोल गरे भने डर्टमण्डमा म्याट हुमेल्सले आत्मघाती गोल गरेका थिए ।

अब सेमिफाइनलमा पीएसजी र डर्टमण्डबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...
: आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह ...