मुख्य समाचार
एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माए
एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माए

। एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती दुई बच्चाको जन्म पनि दुई फरक अस्पतालमा भएको छ।

डाक्टरहरुलाई समेत अचम्ममा पारेको यो घटना बेलायतमा भएको हो । कायले डायल नामकी महिलाले ती जुम्ल्याहालाई जन्म दिएकी हुन् । उनले भनेकी छिन् : अहिलेसम्म मैले बेलायतमा एउटा पनि यस्ती महिला भेटेकी छैन जो २२ दिनसम्म लड्न सकून् ।



मेट्रो डट को डट युकेका अनुसार सन् २०२० मा डायल गर्भवती भएकी थिइन् । उनी पूर्णरुपमा स्वस्थ थिइन् । तर त्यसपछि उनमा स्वास्थ्य समस्या देखियो । तत् पश्चात् उनले एक अस्पतालमा पहिलो बच्चा जन्माइन् सामान्य प्रसूतिबाट । त्यसबेला डाक्टरहरुले उनको पेटमा रहेको दोश्रो बच्चा बाँच्ने सम्भावना निकै कम रहेको बताएका थिए ।

उनले केही घण्टामै अर्को बच्चालाई जन्म दिने बताइएको थियो । तर उनको स्वास्थ्यमा सुधार आयो । त्यसैले २२ दिनपछि मात्रै एक अर्को अस्पतालमा शल्यक्रियाबाट दोश्रो बच्चा जन्माइन् । ती जुम्ल्याहा बीचको जन्मदिनको अन्तरलाई लिएर डाक्टरहरु पनि तिनछक परे ।


डायल भन्छिन्, ‘आफ्नो पहिलो बच्चालाई जन्म दिएपछि डाक्टरहरुले मलाई तपाइँ घर जानसक्नुहुन्छ भन्दा म अचम्ममा परेँ । आजसम्म मैले बेलायतमा यस्तो कुनै महिला भेटेकी छैन जो २२ दिनको अन्तरालई झेल्न पाए । मलाई एउटा फरक अस्पतालमा अर्कै डाक्टरकोमा पठाइयो ।

दुई बच्चाको जन्मको बीचको समयमा मेरो दैनिक स्वास्थ्य जाँच भैरहन्थ्यो । ती हरेक दिनहरु इसरी बितिरहेका थिए कि मलाई वास्तवमा ती क्षणहरु सपना जस्तै लाग्दथे । जब दोश्रो बच्चा एस्ट्रो जन्मियो तब मलाई विश्वास नै भैरहेको थिएन कि ऊ त्यति लामो समयसम्म कसरी जिवित रहन सक्यो ।’

अहिले दोश्रो बच्चा २ वर्षको भैसकेको छ । उसको मुटुमा प्वाल छ र आँखामा पनि समस्या छ । तर दुःखको कुरा, दोश्रो बच्चा जन्मिएको दुई हप्तापछि पहिलो बच्चा आर्लोको मृत्यु भएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मैवाखोला, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाबाहेक ताप्लेजुङका सबै स्थानीय तहमा लम्पी स्किनको संक्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख रोशन दाहालका अनुसार ६ वटा स्थानीय तहका ३४ पशु चौपायामा संक्रमण देखिएको हो । प्रदेश प्रयोगशालामा पठाइएको नमुना परीक्षणअनुसार मेरिङदेनमा १०, आठराईत्रिवेणीमा ८, सिरिजंगामा ५, सिदिङवामा २, फक्ताङलुङमा २ वटामा पशुमा ...
। प्रादेशिक अस्पताल जनकपुरमा बिरामीलाई नि:शुल्क उपलब्ध गराउने औषधि महिनौदेखि अभाव छ । पहिले ७० प्रकारका औषधि नि:शुल्क उपलब्ध हुने प्रादेशिक अस्पतालको नि:शुल्क औषधि शाखामा अहिले २० प्रकारको औषधि छैन । औषधि नपाउँदा दैनिक आउने कम्तिमा ५० जना बिरामीमध्ये धेरै रित्तै फर्किने गरेको शाखामा कार्यरत कर्मचारीहरु बताउँछन् । ‘औषधि अभावको बारेमा पटक–पटक उपलल्लो निकायमा जानकारी गराएका ...
खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र : खोल्सीको पानीले गुजारा गरौंला, एडीबीको ऋण चाहिएन
यसवर्ष डेंगु संक्रमणका कारण देशभरि ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान
'कुलिङ अफ पिरियड' राखे राजीनामा दिन्छु भनेर देउसी भैलो खेलेको देखियो : अनिता देवी