मुख्य समाचार
१ वर्षमा ४ लाख २६ हजार पर्यटक मुस्ताङ भित्रिए
१ वर्षमा ४ लाख २६ हजार पर्यटक मुस्ताङ भित्रिए

: हिमाली जिल्ला मुस्ताङमा १२ महिनाको अवधिमा ४ लाख २५ हजार ९६४ जना पर्यटक भित्रिएका छन्। २०८० को वैशाखदेखि चैत महिनाको अन्तिमसम्म बेनी–जोमसोम सडकमार्ग तथा पोखरा–जोमसोम हवाईमार्ग हुँदै उक्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ।


मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको रेकर्डका लागि म्याग्दी र मुस्ताङको सीमाना घाँसा प्रहरी चौकीको चेकपोस्ट र हवाईमार्ग हुँदै मुस्ताङ आउनेका लागि जोमसोम नागरिक उड्डयन कार्यालयमा कार्यरत सुरक्षाकर्मीले दिनहुँ पर्यटकको अभिलेख राख्ने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले बताए। प्रहरीले राख्ने गरेको तथ्यांकमा राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको अभिलेख एक्यापले मात्र राख्ने गरिएको हुँदा प्रहरीको तथ्यांकमा उल्लेख नभएको प्रहरी निरीक्षक विकको भनाइ छ।

२०८० को बाह्र महिनामा बेनी–जोमसोम सडकमार्ग हुँदै ४ लाख १४ हजार २८० जना र पोखरा–जोमसोम हवाईमार्ग हुँदै ११ हजार ६८४ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।


बेनी–जोमसोम सडकमार्ग हुँदै ३ लाख ३५ हजार ४६६ जना नेपाली आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए भने पोखरा–जोमसोम हवाईमार्ग हुँदै १ हजार ८७९ जना नेपाली आन्तरिक पर्यटक मुस्ताङ भित्रिएका थिए। यो अभिलेख अनुसार २०८० को बाह्र महिनामा कुल ३ लाख ३७ हजार ३४५ जना नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन्।

यसैगरी २०८० सालमा सार्क र अन्य मुलुकका गरी कुल ८८ हजार ६१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको प्रहरीको रेकर्डमा उल्लेख छ। जसमध्ये बेनी–जोमसोम सडकमार्ग हुँदै ७८ हजार ८१४ जना र पोखरा–जोमसोम हवाईमार्ग हुँदै ९ हजार ८०५ जना सार्क तथा अन्य मुलुकका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन्।

मुस्ताङमा विदेशी पर्यटक भित्रिदै गर्दा सबैभन्दा धेरै सार्क मुलुकका पर्यटकको आगमन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकको भनाइ छ। प्रहरी रेकर्डमा सार्क मुलुकका ७२ हजार ७५६ जनाले सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका थिए। यसैगरी हवाईमार्ग हुँदै ८ हजार ५५ जना सार्क मुलुकका पर्यटक भित्रिएका थिए।

यसैगरी सार्कबाहेक अन्य मुलुकका ६ हजार ५८ जना विदेशी पर्यटकले बेनी–जोमसोम सडकमार्ग हुँदै र १ हजार ७५० जना अन्य मुलुकका विदेश पर्यटक पोखरा–जोमसोम हवाईमार्ग हुँदै मुस्ताङ भित्रिएका थिए। मुस्ताङमा अधिकांश नेपाली आन्तरिक तथा भारतीय पर्यटक तथा दर्शनार्थीहरूले मुक्तिनाथको दर्शन गर्ने र कागबेनीधाममा दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गरेर फर्किने गरेका छन्। मुस्ताङ भ्रमणमा आउने युवायुवतीहरू भने उपल्लो मुस्ताङको भ्रमण गरी फर्किने गरेको पाईएको छ। मुस्ताङ भित्रिने सार्क तथा विदेश पर्यटकहरू मुक्तिनाथ क्षेत्र र कागबेनी घुमेर फर्किने गर्छन्।

उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र भ्रमण गर्नका लागि सार्क तथा अन्य मुलुकका विदेशी पर्यटकले नेपाल सरकार अध्यागमन विभागबाट १० दिनका लागि ५ सय डलर शुल्क तिरेपछि मात्र प्रवेशआज्ञा दिने गरिएको छ। उपल्लो मुस्ताङ घुम्न गएका पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनु पर्ने हुन्छ। उपल्लो मुस्ताङ भ्रमणका लागि चर्को रोयल्टी शुल्क तिर्नुपर्ने भएका कारण केही भिआईपी पर्यटक बाहेक अधिकांश विदेशी पर्यटक तलो मुस्ताङबाटै फर्किने गर्छन्। उपल्लो मुस्ताङीले माथिल्लो क्षेत्रको पर्यटन विकास गर्न निषेधआज्ञा फुकुवा गर्नु पर्ने वा नभए पर्यटन रोयल्टी शुल्क घटाउन सरकारसँग पटक-पटक माग राख्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...