मुख्य समाचार
बेलायत नेपालमा लगानी बढाउन तयार
बेलायत नेपालमा लगानी बढाउन तयार

— लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’


बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं वर्षगाँठ मनाउन बिहीबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राजदूत फेनले भने, ‘बेलायत नेपालको मानवीय विकासका लागि सँधै नै प्रयत्नशील मित्र हो, । तर, लगानीका लागि चाहिँ अनुकूल नीति र संयन्त्रको विकास गर्नु पर्ने देखेको छु ।’



नेपालमा बेलायतले गरेका केही लगानीमा सरकारले नियमभन्दा बाहिर गएर कर लगाएको र त्यसमा आफ्नो देशको फरक मत रहेको राजदूत फेनले बताए । ‘तपाईंहरु बेलायतको अनुदानमात्रै चाहनु हुन्छ कि लगानी पनि भनेर मैले सरकारका अधिकारीहरुलाई भेटमा भन्ने गरेको छु,’ भूतलक्षीत कानुन बनाएर अवाञ्छित कर लगाए त्यसले लगानीकर्ताहरुलाई नेपालमा जाऊ भन्न नसकिने बताउँदै राजदूत फेनले भने, ‘जे रोजे पनि नेपालको स्वतन्त्रता हो र त्यसका हामी सम्मान गर्छौं ।’

बेलातमा पढेर आएकाहरुको संगठन आबानले दुई देशबीचको सम्बन्धलाई व्यावसायिक र सामाजिक विकासका लागि साझेदारीमा लगाउन विविध कार्यक्रहरु गर्दै आएको छ ।

‘यसका लागि दूतावासको सँधै साथ र सहयोग मिलेको छ,’ अबानकी अध्यक्ष पद्मा वैद्यले भनिन्, ‘आगामी दिनमा हामी यो साझेदारीलाई थप फराकिलो दायरमा लैजाने योजनामा छौं ।’

ठूलो संख्यामा बेलायतीहरु नेपालका लागि सहयोग गर्न र नेपाल घुम्न आउन इच्छुक भएको र उनीहरुको नेपाल प्रतिको माया सदा रहेको पाएको भन्दै दूतावासले त्यो सद्भाव नयाँ पुस्ताका बेलायतीमा पनि सार्न थप पहलको जरुरत भएको बताएको छ । दुई देशका तन्नेरीलाई जोड्न र बेलायतको नयाँ पुस्तामा नेपालबारे चासो जगाउन त्यहाँ पढेर आएका विद्यार्थीहरुको संस्थाले ठूलो भूमिका निर्वाह गर्न सक्ने भन्दै राजदूत फेनले थप सहकार्यका लागि आफू इच्छुक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...