मुख्य समाचार
खाडी क्षेत्रमा भीषण वर्षा र बाढी : ओमानमा १८ र यूएईमा १ जनाको मृत्यु
खाडी क्षेत्रमा भीषण वर्षा र बाढी : ओमानमा १८ र यूएईमा १ जनाको मृत्यु

— खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन् ।

सोमबार रातिदेखि मंगलबार अबेरसम्म यूएईमा ठूलो पानी परेको हो । खालीज टाइम्सका अनुसार यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो । यूएई मौसम विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा अल ऐनमा २५४ मिलिमिटरसम्म पानी परेको थियो ।


यूएईमा सन् १९४९ देखि मौसमसम्बन्धी तथ्यांक संकलन गर्न लागिएको हो । समाचार संस्था एपीका अनुसार यूएईमा बाढीका कारण एक जनाको मृत्यु भएको छ । रस अल खैमाहमा बाढीले गाडी बगाउँदा ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

यूएईसहित बहराइन कतार र साउदी अरबमा पनि पानी परेको छ । यसअघि मौसमविद्हरूले बहराइनमा बाढी आउन सक्ने चेतावनी दिएका थिए । यूएईमा ठूलो पानी परेसँगै छिमेकी मुलुक ओमानमा बाढी आएको थियो ।

ओमानमा बाढीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । ओमानमा बाढीले विद्यालयको गाडी बगाउँदा ९ जना विद्यार्थी र चालकको मृत्यु भएको छ । उद्धारकर्ताहरूले हराइरहेका २ जनाको खोजी गरिरहेको जनाएका छन् । ओमान र यूएईमा वर्षाका कारण विद्यालयहरू बन्द गरिएका छन् ।

गत वर्ष मात्र ओमान र यूएईले जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) आयोजना गरेका थिए । सम्मेलनमा जलवायु परिवर्तनका कारण विश्वका केही भूभागमा भीषण वर्षा र बाढी आउन सक्ने जोखिमबारे चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...