मुख्य समाचार
नेपाल सेमिफाइनलमा यूएईसँग पराजित, एसिया कप खेल्ने सपना समाप्त
नेपाल सेमिफाइनलमा यूएईसँग पराजित, एसिया कप खेल्ने सपना समाप्त

— नेपालको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको यात्रा सेमिफाइनलमा रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गरेको हो ।

योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत वर्ष नेपालले काठमाडौंमा यूएईलाई नै फाइनलमा पराजित गरि एकदिवसीय संरचनाको एसिया कप खेलेको थियो ।



यूएईले १ सय २० रनको लक्ष्यलाई १६ बल अगाडि नै १ सय २३ रन बनाउदै पूरा गर्‍यो । अलिसान सराफु ५५ र आयान अफजल खान ३ रन बनाई अविजित रहे । सराफुले ४१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर एवं कप्तान मोहम्मद वासिम ७ बलमा ११ रन बनाई आउट भए । दोस्रो ओभरमा वासिमले सोमपाल कामीको बलमा छक्का प्रहार गरेका थिए । तर त्यसको अर्को बलमै सोमपालले उनलाई बोल्ड गरे ।

गुलशन झाले विष्णु सुकुमरन र आसिफ खानलाई आउट गरे । सुकुमरनले २८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २८ र आसिफले ६ बल खेली १ छक्का प्रहार गर्दै १० रन बनाए । सैयद हैदरलाई ललित राजवंशीले १४ रनमा एलबीडब्लू आउट गरे ।

यसअघि सन्दीप जोराले अर्धशतक बनाए पनि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाललाई यूएईले ११९–९ को स्कोरमा रोकेको थियो । खेलको पहिलो बलमै कुशल भुर्तेललाई जुनाइद सिद्धिकीले विकेटकिपरको पछाडि क्याच आउट गरेपछि नेपाली इनिङ्स मस्कटस्थित अल अमेराटमा पूरा दबिएर खेलेको थियो ।

अर्का ओपनर आसिफ शेखले एक छक्का प्रहार गरे पनि ११ बलमा ८ रनमात्र बनाउन सके । कप्तान रोहित पौडेल पनि लामो सिक्न टिक्न सकेनन् । उनले १८ बल खेली ५ रनमात्र बनाउन सके । कुशल ५ बलमा ३ र दीपेन्द्रसिंह ऐरी ८ बलमा ५ रन बनाई आउट भए ।

जोरा ५० रन बनाई आउट भए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको तेस्रो अर्धशतक हो । उनले ४० बल खेली ४ चौका र २ छक्का प्रहार गरे । नेपालबाट दोहोरो स्कोर बनाउने अर्का दुई खेलमा गुलशन र करण केसी थिए । गुलशनले १६ बल खेली समान १ चौका र छक्कासहित २० तथा करणले दुई छक्कासहित १२ बलमा १७ रन बनाए ।

सोमपाल २ रनमा आउट भए । अविनाश बोहरा १ र ललित राजवंशी २ रनमा अविजित रहे । यूएईबाट सिद्धिकी, अली नसिर र बसिल हमिदले २–२ विकेट लिए । सिद्धिकीले ४ ओभरमा २६, नसिरले ४ ओभरमा २८ र हमिदले २ ओभरमा ४ रन दिएका थिए । सफि रहमान, आयान अफजल खान र मोहम्मद फारुकले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...