मुख्य समाचार
पीएसजीमा एमबाप्पेको सपना जिउँदै
पीएसजीमा एमबाप्पेको सपना जिउँदै

— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनालाई स्तब्ध पारेपछि एउटा तथ्य निश्चित भएको छ, केलियन एमबाप्पेको अन्तिम सिजन फ्रान्सेली क्लबका लागि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना जिउँदै रह्यो । प्रतियोगिताको क्वाटरफाइनल पहिलो लेगमा पीएसजी आफ्नै घरमा ३–२ ले पराजित हुँदा लागिरहेको थियो, फेरि असफलताको पुरानो कथा दोहोरिने छ ।


च्याम्पियन्स लिगको नकआउट चरणमा पीएसजी घरमै भएको खेलमा पराजित हुँदा कहिल्यै अर्को चरण पुगेको इतिहास छैन । यस्तोमा नोउ क्याम्पमा यसपल्ट भएको खेलमा सुरुमै बार्सिलोनाले गोल गरेपछि पीएसजी दबाबमा आइसकेको थियो । कतारी लगानी रहेको पीएसजी पछिल्ला सात सिजनमध्ये पाँचमा अन्तिम १६ बाट नै बाहिरिएको इतिहास छ । तर, बार्सिलोनाले रातो कार्डमा रोनाल्ड एराउजोलाई गुमाएपछि खेल पीएसजीको पक्षमा मोडिन थालेको थियो ।



बार्सिलोनाले एक घण्टा जतिको समय १० खेलाडीमै सीमित रहेर खेलेको थियो । यसले पीएसजीलाई सजिलो बनायो र ४–१ को गतिलो जित निकाल्न सफल रह्यो । नतिजा पीएसजी निर्णायक रूपमा ६–४ ले अगाडि रह्यो । पीएसजीले एक खेलाडी बढी भएको स्थितिको खुबै फाइदा लियो र आक्रामक भएर प्रस्तुत भयो । ओसमन डेम्बले बार्सिलोनाका पुराना खेलाडी हुन्, तर उनले नै पीएसजीका लागि पहिलो धावा बोले । सुरुमै उनले बराबरी गोल गरे ।

त्यसपछि पेनाल्टी पनि जिते । त्यसैलाई एमबाप्पेले गोलमा परिणत गरेपछि पीएसजी दुई टाइको खेलमा अगाडि रह्यो । त्यसबीच भिटिन्होले एक गोल गरे । पहिलो लेगमा पनि उनले गोल गरेका थिए । खेलको अन्त्यतिर एमबाप्पेले फेरि एक गोल थपे । खेल सकिएको के संकेत मिलेको थियो, पीएसजीका खेलाडीले खुबै जोडदार तरिकाले खुसीयाली मनाए । पीएसजीका अध्यक्ष नासेर अल–खेलाफीले टिमको यो जितलाई ऐतिहासिक रहेको दाबी गरे ।

यो जितले सन् २०२१ को च्याम्पियन्स लिगकै खेललाई सम्झाएको छ । त्यस वर्ष एमबाप्पेले बार्सिलोनाको भ्रमणका क्रममा ह्याट्रिक रचेका थिए । त्यस क्रममा पीएसजी समग्रमा ५–२ ले अगाडि थियो । तर, पीएसजीले सन् २०१७ को हार बिर्सन सकेको छैन होला । त्यतिबेला घरमा भएको खेलमा पीएसजी ४–० ले विजयी रह्यो । तर बािर्सलोनाको भएको दोस्रो लेगको खेलमा ६–१ को सर्वथा खराब हार बेहोरेको थियो ।

सात वर्षअघिको त्यस खेलमा बार्सिलोनालाई ८८ मिनेटसम्म तीन गोल चाहिएको थियो । टोलीले तीन गोल गरेको पनि थियो । यसपल्ट खेलको स्थिति आफ्नो पक्षमा मोड्ने पालो पीएसजीको रह्यो । अब पीएसजीसामु पछिल्लो ५ वर्षमा दोस्रोपल्ट फाइनल प्रवेशको सम्भावना बनेको छ । ‘यो जितको धेरै अर्थ छ,’ डेम्बेले पनि मान्छन्, ‘हामीलाई ठूलै आस छ, यसपल्ट हामी फाइनल पुग्नेछौं र वेम्बलीमा उपाधिका लागि भिड्ने छौं ।’

सन् २०१७ को त्यस हारपछि पीएसजीले दुई ठूला स्टारलाई अनुबन्ध गरेको थियो । त्यसमा एक एमबाप्पे नै भए भने अर्का थिए, नेयमर । नेयमर गत वर्ष नै पीएसजी छाडेर साउदी अरेबिया गएका छन् । एमबाप्पेले पनि यो सिजनको अन्त्यसँगै पीएसजी छाड्ने भनिसकेका छन् । सिजनको अन्त्यमा एमबाप्पे र पीएसजीबीचको अनुबन्ध सकिनेछ । लगभग निश्चित छ उनी रियल म्याड्रिड जाने । यस्तोमा एमबाप्पेसामु यसपल्ट च्याम्पियन्स लिग जित्ने अवसर बनेको छ ।

सन् २०२० मा पीएसजी एकपल्ट च्याम्पियन्स लिगको फाइनल पनि पुगिसकेको छ, तर उपाधि भिडन्तमा बायर्न म्युनिखसँग पराजित रह्यो । एमबाप्पे जत्तिको उत्कृष्ट खेलाडी भएर पनि पीएसजीले च्याम्पियन्स लिग जित्न नसकेको चर्को आलोचना हुने गर्छ । एमबाप्पे स्वयं गोलको लयमै छन् । उनले ४१ गोल गरिसके यो सिजन । च्याम्पियन्स लिगमा उनी अर्धशतकीय गोलबाट दुईमात्रै टाढा छन् । के एमबाप्पेले साँच्चै पीएसजीका लागि यसपल्ट च्याम्पियन्स लिग जित्ने छन् त ?

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...
: आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह ...