— लखनऊ सुपर जायन्ट्सले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा शुक्रबार चेन्नई सुपर किंग्समाथि सजिलो आठ विकेटको जित रचेको छ । यो जितपछि लखनऊ आठ अंकमा पाँचौं स्थानमा पनि उक्लेका छ । सात खेलबाट उसको आठ अंक भएको छ ।
डिफेन्डिङ च्याम्पियन चेन्नई समान आठ अंकमा तेस्रो स्थानमा छ । जितका लागि १ सय ७७ रनको लक्ष्य पाएको लखनउले दुई विकेट गुमाएर १९ ओभरमा १ सय ८० रन बनाएको हो ।
त्यसमा ओपनर जोडी क्विन्टन डे ककले ५४ र केएल राहुलले ८२ रन बनाए । कप्तान राहुल ‘प्लेयर अफ द म्याच’ रहे । उनले नौ चौका र तीन छक्का प्रहार गरे । यसअघि चेन्नईले रवीन्द्र जडेजाको ५७ रनको मदतले छ विकेटमा १ सय ७६ रन बनाएको थियो ।