मुख्य समाचार
टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक
टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक

— प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।

जसमा कलाकारहरू देव पटेल, आलिया भट्ट, जेम्स म्याकब्राइडदेखि माइक्रोसफ्टका सीईओ सत्य नडेला र विश्व बैंकका कार्यकारी अध्यक्ष अजय बंगासम्म समेटिएका छन् ।



त्यस्तै भारतीय कुस्ती खेलाडी साक्षी मलिकलाई पनि १०० प्रभावशाली सूचीमा समावेश गरिएको छ । यौन उत्पीडन प्रकरणमा बृजभूषण शरण सिंहविरुद्ध साथीहरू विनेश फोगाट र बजरंग पुनियासँग मिलेर साक्षीले संघर्ष गरिरहेकी छिन् । साक्षी ओलम्पिकमा पदक जित्ने भारतकी एक मात्र कुस्ती खेलाडी हुन् । उनले सन् २०१६ मा रियो ओलम्पिकमा कांस्य पदक जितेकी थिइन् ।

प्रभावशाली केही व्यक्तिहरू

ली चियाङ

टाइमको सूचीमा परेका प्रभावशाली व्यक्ति हुन् चिनियाँ प्रधानमन्त्री ली चियाङ । चिनियाँ संसद् जनकंग्रेसले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका लीलाई २०२३ मार्चमा प्रधानमन्त्री बनाएको थियो । राष्ट्रपति सी आफैले लीको नाम प्रस्ताव गरेका हुन् जसलाई जनकंग्रेसले अनुमोदन गरेको थियो ।

ली सुरुवाति दिनमा चीनको क्षेत्रीय राजनीतिमा सीसँगै थिए । उनी पछि उपराष्ट्रपतिका रूपमा केन्द्रीय सत्तामा आएका हुन् । त्यसअघि उनी सांघाई पार्टी कमिटीको प्रमुखको भूमिकामा समेत थिए । शून्य कोभिड नीतिको असर चिनियाँ व्यावसायिक क्षेत्रमा परेको र निजी क्षेत्रसँग राम्रो सम्बन्ध भएकाले सीले लीलाई प्रधानमन्त्री बनाइएको हो ।

ली चियाङ गत महाधिवेशनबाटै चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली पोलिटब्युरोमा बढुवा भएका थिए । उक्त महाधिवेशनले सीनिकट र उनका विश्वासपात्रलाई नै पोलिटब्युरोमा ल्याएको थियो । जसमा निवर्तमान प्रधानमन्त्री ली खछ्याङसमेत अटाएका थिएनन् । ७ सदस्यीय पोलिटब्युरोमा राष्ट्रपति सीसहित चाओ लेची, वाङ खुनिङ, ली चियाङ, साइ ची, डिङ सिआसिआङ र ली सी रहेका छन् ।

देव पटेल

डेभिड बोयल निर्देशित 'स्लमडग मिलियनेर' बाट चर्चामा आएका ब्रिटिस कलाकार तथा फिल्ममेकर देव पटेल यस वर्ष टाइमको प्रभावशाली सूचीमा अटाएका छन् । उनले अभिनय यात्रा भने अनवर खर्रालको सिरियल 'स्किन्स' बाट सुरु गरेका थिए । पहिलो फिल्म २००८ मा आएयता देवले थुप्रै फिल्ममा अभिनय गरेका छन् । पछिल्लो पटक भने उनकै लेखन, निर्देशन र निमार्णमा 'मंकी म्यान' फिल्म आएको छ । 'मंकी म्यान' बाट उनले निर्देशकीय डेब्यु गरेका हुन् ।

आलिया भट्ट

त्यस्तै टाइमको प्रभावशाली सूचीमा परेकी अर्की कलाकार हुन् आलिया भट्ट । आलियाले गत वर्ष मात्रै 'हार्ट अफ स्टोन' मार्फत हलिउडमा डेब्यु गरेकी थिइन् । सन् १९९९ मा 'संघर्ष' मा बालकलाकारका रूपमा अभिनय गरेकी आलिया २०१२ मा 'स्टुडेन्ट अफ द यियर' बाट चर्चामा आइन् । त्यसपछि उनले 'हाई वे', 'टु स्टेट्स', 'उड्ता पञ्जाब', 'आरआरआर' र 'रकी और रानी की प्रेम कहानी' जस्ता चलचित्रमा अभिनय गरेकी छिन् ।

अजय बंगा

टाइमको प्रभावशाली सूचीमा पर्न सफल अर्का व्यक्ति हुन् भारतीय मूलका अमेरिकी नागरिक अजय बंगा । मास्टरकार्डका पूर्वप्रमुखसमेत रहेका बंगा गत जुनमा विश्व बैंकका अध्यक्ष बनेका हुन् । त्यस्तै अमेरिकी निजी इक्विटी कम्पनी एटलान्टिकका उपाध्यक्षका रूपमा समेत काम गरे । बंगालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व बैंकको अध्यक्ष चुनेका हुन् । विश्व बैंकको सबैभन्दा ठूलो शेयरहोल्डर हो अमेरिका । विश्व बैंकको अध्यक्ष अमेरिकाले चयन गर्दै आएको छ। मास्टरकार्डमा काम गर्नुभन्दा अघि बंगाले नेस्ले र सिटीग्रुपमा समेत काम गरेका थिए ।

सत्य नडेला

टाइममा मेलोडी होब्सनले माइक्रोसफ्टका सीईओ सत्य नडेलाबारे परिचय लेख्दै लेखेकी छिन्, 'सत्य नडेला हाम्रो भविष्यलाई आकार दिन अत्यधिक प्रभावशाली छन् । यो मानवताका लागि निकै राम्रो कुरा हो ।' नडेलाकै नेतृत्वमा माइक्रोसफ्टले ओपन एआई र मिस्ट्रल एआईमा ठूलो लगानी गरेको छ । एआईको विकासमा माइक्रोसफ्टले लगानी बढाउँदै लगेको छ । टाइमकै परिचयमा भनिएको छ, 'मनैदेखिका एक प्रविधि विज्ञ सत्यले एआई टुललाई मानव जगतलाई समृद्ध बनाउने साधनका रूपमा हेर्छन् ।'

ह्याभियर मिलेई

टाइमको प्रभावशाली सूचीमा परेका अर्का व्यक्ति हुन् अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेई । चरम दक्षिणपन्थी नेता मिलेईले वामपन्थी नेता तथा अर्थमन्त्री सर्गिओ मास्सालाई पराजित गरेका हुन् ।

१९७० अक्टोबर २२ मा जन्मिएका मिलेई राजनीतिमा प्रवेश गर्नुअघि अर्थशास्त्री र लेखकका रूपमा परिचित थिए । अर्थशास्त्रमा ‘अस्ट्रियन स्कुल’ पक्षधर उनी अर्जेन्टिनी प्रशासनका आर्थिक नीतिहरूको कडा आलोचक हुन् । पछिल्लो समय उनले सरकारी खर्च कटौतीको वकालत गर्दै आएका थिए । २०२१ मा राजनीतिमा प्रवेश गरेका मिलेई लिर्बटाड अभान्जा पार्टीबाट संसद्मा निर्वाचित भएका थिए । निकै छोटो समयमा भएको उनको उदयले अर्जेन्टिनाको राजनीतिमा ठूलो परिवर्तनको संकेत गरेको थियो ।

देशलाई ‘फेरि महान् बनाउने’ उनको योजनालाई विश्वका अन्य देशमा देखिएका चुनावी अभियानसँग तुलना गरिएको थियो । खासगरी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका पूर्वराष्ट्रपति जैरु बोल्सोनारोसँग जोडेर हेरिएको थियो । कतिपय विश्लेषकहरूले भने उनको अभियान अन्य देशका नेताबाट प्रभावित भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...