मुख्य समाचार
नेपाली कला, साहित्यलाई विश्वबजारमा चिनाउन लन्डनमा ‘प्यालेट एण्ड प्रोज’
नेपाली कला, साहित्यलाई विश्वबजारमा चिनाउन लन्डनमा ‘प्यालेट एण्ड प्रोज’

— नेपाली कला साहित्यलाई केन्द्रविन्दुमा राखेर लन्डनमा तीन दिने ‘प्यालेट र प्रोज’ कार्यक्रम भएको छ । लन्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा कला प्रदर्शनी र पुस्तक हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो । १६ अप्रिलदेखि सुरु भएको कार्यक्रम बिहीबार १८ अप्रिलमा सकिँदै छ ।


कार्यक्रमको पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरू प्रदर्शन र साहित्यकार संगीता स्वेच्छाको कथासंग्रह ‘रोजेज ओडिसी’ सार्वजनिक गरिएको थियो । पुस्तक बुकहिल इन्टरनेसनलले बजारमा ल्याएको हो ।



ग्रीनवीच रोयल बरोका डेपुटी मेयर काउन्सिलर जित रानाभाटलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा भएको उक्त उद्घाटन समारोहले लन्डनको जीवन्त क्यानभासमा नेपाली रचनात्मकतालाई प्रवर्द्धन गरेको थियो । उपमेयर रानाभाटले भने, 'नेपालको मनोरम परिदृश्य र नेपाली साहित्यलाई समेट्ने र प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथका सञ्चालन भएको कार्यक्रममा राखिएका मनमोहक कला र कृतिमा समावेश कथाहरुले नेपालको सम्झना स्मरण गराएको छ ।'

युनिभर्सल पिस फेडेरेसन युकेका निर्देशक मार्गारेट अलि तथा महासचिव रबिन मार्शले सांस्कृतिक आदानप्रदानको महत्त्वलाई जोड दिँदै नेपाली कला, साहित्य प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरुले नेपालको विविध परिदृश्य र वास्तुकलाका जिवन्तता दिएको थियो । अन्तर्राष्ट्रिय दर्शकहरूलाई आफ्ना कलाहरू प्रदर्शन गर्न पाउँदा निकै आनन्दित महसुस गरिरहको बताउने यी दुई कलाकारका चित्रहरू फोटोरियलिस्टिक चित्रणदेखि लिएर मनमोहक वन्यजन्तु चित्रहरूसम्म थिए ।

कार्यक्रममा युनिभर्सल पिस फेडेरेसन यूकेका महासचिव रोबिन मार्स, लेखक डा. रुपक श्रेष्ठ, प्यालेस्टिनी कवि शाहद महानवी, बेलायती लेखक डा. सायन ह्यारिस, अन्तर्राष्ट्रिय टीभी प्रसारक इयान पेल्हम टर्नर र संगीता स्वेच्छाले संयुक्तरुपमा कथासंग्रह 'रोजेज ओडीसी' सार्वजनिक गरेका थिए ।

साहित्यिक अभियन्ता तथा लेखक डा. रुपक श्रेष्ठले संगीता स्वेच्छाका कथाहरु तथा लेखनशैलीको प्रशंसा गर्दै 'रोजेज ओडीसी'ले विदेशी पाठकहरुमाझ नेपाली साहित्यलाई अगाडि लाने कुरामा दुईमत नभएको बताए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले रोजेज ओडीसीको विविध पक्षहरु लगायत यसको कथा, लेखन शैलीको प्रशंसा गरे । जसमा नेपाल र नेपाली डायस्पोरा दुवैमा जरा गाडिएको कथाहरू छन् । जयन्त शर्माले अंग्रेजीमा अनुवाद गरेको यस कृति २०१९ मा 'गुलाफसँगको प्रेम' शीर्षकमा नेपालीमा प्रकाशित भएको थियो ।

संगीता स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भनिन्, 'कार्यक्रममा सम्मानित विविध वक्ताहरूले मेरो पुस्तकमा आफ्नो रोचक र उत्साहजनक दृष्टिकोण प्रस्तुत गर्नु मेरो लागि निकै हौसलाको कुरा हो ।'

नेपाली कला र साहित्यको उत्सवका रूपमा परिकल्पना गरिएको ‘प्यालेट एण्ड प्रोज’ कार्यक्रम उत्कृष्ट भन्दै नेपाल अध्ययन केन्द्रका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले यो स्वागतयोग्य रहेको बताए । ढकालले नेपालको जीवन्त सांस्कृतिक सम्पदालाई विश्वभरका दर्शकसामु देखाउने यस कला र साहित्यको फ्युजनका लागि कार्यक्रमको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...
: संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए। 'हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं,' भेटका क्रममा उनले भने। कृषि अध्ययनका ...
: वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन्। गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितमा भर्चुअल माध्यमबाट बैधानिकरण श्रम स्वीकृति सुर गरिएको हो। राजदूत ढकालले साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले सो सुविधा ...
। दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र ...