मुख्य समाचार
चीनले हटाइदियो ह्वाट्स्एप, थ्रेड्स, टेलिग्राम र सिग्नल
चीनले हटाइदियो ह्वाट्स्एप, थ्रेड्स, टेलिग्राम र सिग्नल

— अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस एड्मिनिस्ट्रेसन’ ले राष्ट्रिय सुरक्षा चासोका कारण ती दुईसँगै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने बनाउन एप्पललाई निर्देशन दिएको रोयर्टसले जनाएको छ ।


एप्पलले रोयर्टसलाई पठाएको इमेलमा ‘चिनियाँ नियामकको अनुरोध पालना गर्न आफूहरू बाध्य रहेको किनभने एप स्टोर सञ्चालन हुने जुनसुकै देशमा कम्पनीले त्यहाँको कानुन मान्नैपर्ने’ उल्लेख भएको रोयटर्सको समाचारमा जनाएको छ । पश्चिमा कम्पनीहरूले नै बनाएका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, एक्स, युट्युब लगायत एप भने चीनमा चलिरहेका छन् । ती उपलब्ध भइरहँदा ह्वाट्स्एप र थ्रेड्स मात्रै किन बन्द गर्न खोजिएको भन्ने स्पष्ट छैन ।



एप्पलले शुक्रबारदेखि मेटाका दुई एप चीनको एप स्टोरबाट हटाइसकेको जानकारी दिएको रोयटर्सको दाबी छ । क्युमाइ र एपम्याजिक नामक एप ट्र्याकिङ निकायहरूका अनुसार शुक्रबार नै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने गरी अनलाइन स्टोरबाट हटाइएका छन् । ‘यी चारवटा एप हटाइनुले चीनको संघीय सरकार आफ्नो नियन्त्रणभन्दा बाहिर रहेका कतिपय विदेशी अनलाइन मेसेजिङ सेवाप्रति असहिष्णु हुँदै गएको देखाउँछ,’ रोयटर्सले लेखेको छ, ‘यसले चीनमा एप्पलाई कम सहुलियत दिइएको पनि संकेत गर्छ ।’

चीनमा ह्वाट्सएप, थ्रेड्स, टेलिग्राम र सिग्नल खासै प्रयोग हुने एप भने होइनन् । त्यहाँ स्थानीय टेन्सेन्ट कम्पनीले बनाएको विच्याट बढी लोकप्रिय छ । कतिपय प्रविधि विज्ञका अनुसार उल्लिखित एपहरू हटाउन लगाउनुको कारण चीनले देशभित्र चल्ने सबै एप सरकारी प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने गत अगस्टमा लागू गरेको नयाँ कानुनसँग सम्बन्धित रहेको रोयटर्सलाई बताएका छन् । मार्चभित्रमा एपहरू दर्ता गर्ने समयसीमा थियो ।

यसअघि सन् २०१७ मा पनि एप्पलले द न्यु योर्क टाइम्सको एप चीनमा उपलब्ध नहुने बनाइदिएको थियो । गत वर्ष जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी स्थानीय कानुन बनाउने क्रममा रहेको चीनले च्याटजीपीटी जस्ता एपहरू चिनियाँ अनलाइन स्टोरबाट निकाल्न लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विगत एक महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्कले काम गरेको छैन। सधैं साँझ घाम अस्ताएपछि गएको मोबाइल नेटवर्क भोलिपल्ट बिहान घाम नलागेसम्म नआउने स्थानीयहरूले गुनासो गरेका छन्। ‘एक महिना भइसक्यो, बेलुकादेखि भोलिपल्ट बिहान ८ बजेसम्म मोबाइलको नेटवर्क देखाउँदैन’, चुमनुब्री गाउँपालिका–३ जगतका गणेश कार्कीले भने, ‘यस्तो समस्या पटकपटक भइरहन्छ। १२ ...
— वर्ल्डलिंक कम्युनिकेसन्स्मा फिनल्यान्डको सरकारी लगानी कम्पनी ‘फिनफन्ड’ ले १ करोड युरो लगानी गरेको छ । यो लगानी डेटा सेन्टर सञ्चालन र फाइबर नेटवर्क विस्तारमा प्रयोग गरिने कम्पनीले जनाएको छ । नेपालमा झन्डै आधा जनसंख्या ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित रहेको भन्दै कनेक्टिभिटी बढाउन चाहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । विश्वस्तरीय डेटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा ...
— प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटक अन्ततः नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ । योसँगै कम्पनीले नेपालमा आफ्नो मुख्य सम्पर्क व्यक्तिसमेत तोकेको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको पत्र मंगलबार बुझेको थियो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुन कम्पनीले कात्तिक पहिलो साता प्रक्रिया अघि बढाएको थियो । यो ...
। टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता ...
प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई ध्यानमा राख्दै विभिन्न नयाँ फिचर्सको घोषण गरेको छ । गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदैछ । ती फिचर्सले प्रयोगकर्तालाई केवल साइबर ह्याकर तथा साइबर ठगहरुबाट मात्रै बचाउने छैनन् निर्वस्त्र तस्वीर आउँदा त्यसलाई धमिलो अर्थात् ब्लर गरिदिनेछ । गुगलले आफ्नो ब्लग पोस्टमा बताए अनुसार उसले अब प्रयोगकर्तालाई स्पाम टेक्स्ट तथा ...