मुख्य समाचार
अमेरिकामा टिकटक प्रतिबन्ध हुने
अमेरिकामा टिकटक प्रतिबन्ध हुने

: संयुक्त राज्य अमेरिकामा टिकटक प्रतिबन्ध हुने भएको छ। अमेरिकी सिनेटले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिकाको प्रशासनिक क्षेत्रमा यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो।


उक्त बिल अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कार्यान्वयमा जानेछ। राष्ट्रपति बाइडेनले आफूकहाँ आउनेबित्तिकै उक्त विधेयकमा हस्ताक्षर गर्ने बताएका छन्। यता, टिकटकले अमेरिकाको कदमबारे तत्काल कुनै प्रतिक्रिया दिन चाहेको छैन। बीबीसीसँग कुरा गर्दै टिकटक कम्पनी बाइटडान्सका अधिकारीले यस विषयमा कुनै जवाफ नरहेको बताएका हुन्।

यसअघि अमेरिकाले बाइटडान्सलाई ९ महिनाभित्र बिक्री गर्न दबाब दिएको थियो। बाइटडान्सले टिकटक बेच्न बाध्य पार्ने कुनै पनि प्रयासको विरोध गर्ने बताएको थियो।




अमेरिकी विज्ञहरूले भने यस कदमलाई ठूलो सफलताको रूपमा लिएका छन्। हार्वर्ड विश्वविद्यालयका विज्ञ डग क्यालिडासले अमेरिकी सिनेटले टिकटक प्रतिबन्धन लगाउने बिल पास गरेकोमा खुसी व्यक्त गरे। उने यस कदमलाई सफलताको रूपमा लिनुपर्ने बताए। 'यो ठूलो कुरा हो। केही हप्तामै सिनेटले टिकटक प्रतिबन्ध लगाउने कानुन पारित गर्न सफल भएको छ। यो अमेरिकी इतिहासमा बिरलै कुरा हो,' उनले भने।

राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि यो अमेरिकभरि औपचारिकरूपमै प्रतिबन्ध हुनेछ। अमेरिकामा टिकटकका १७ करोड बढी प्रयोगकर्ता रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...