मुख्य समाचार
अमेरिकाले गोप्य रुपमा युक्रेनलाई दियो लामो दुरीका ब्यालेस्टिक मिसाइल
अमेरिकाले गोप्य रुपमा युक्रेनलाई दियो लामो दुरीका ब्यालेस्टिक मिसाइल

: रुसी सुरक्षा बलको सामना गर्न युक्रेनले गोप्य रूपमा अमेरिकाले दिएको लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको छ । अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छन्।


यी हतियारहरू गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् र यसै महिना युक्रेनमा पुग्न थालेका बीबीसी समाचारमा उल्लेख छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त मिसाइल क्रिमियामा रुसी लक्ष्यमा हमला गर्न एक पटक प्रयोग गरिएको छ । बाइडेनले अब युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसकेका छन्।




अमेरिकाले यसअघि युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि अहिलेसम्म युक्रेनलाई कुनै पनि ठूलो र शक्तिशाली हतियार दिन अस्वीकार गरेको थियो ।

तर, गत फेब्रुअरीमा युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई बाइडेनले गोप्य रूपमा सहमति दिएको समाचारमा जनाइएको छ । यी क्षेप्यास्त्रहरूले ३०० किलोमिटरको दूरीमा हमला गर्न सक्छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, 'अमेरिकाले राष्ट्रपतिको निर्देशनमा युक्रेनलाई लामो दुरीको एटीएसीएमएस उपलब्ध गराएको पुष्टि गर्न सक्छु। युक्रेनको अनुरोधमा अमेरिकाले यो जानकारी सार्वजनिक गरेको छैन।'

कति हतियार पठाइयो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनलाई थप हतियार पठाउने वाशिङ्टनको योजना रहेको बताएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...