मुख्य समाचार
पर्सा–बारा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युतको माग
पर्सा–बारा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युतको माग

— विद्युत अभावमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोर संकटमा रहेको बेला भारतबाट जम्मा १ सय ५० मेगावाट विद्युत आयात भइरहेको छ । १ सय ३२ केभीए रक्सौल–परवानीपुर प्रशारण लाइनबाट हाल दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र बिद्युत प्राप्त भइरहेको विद्युत प्राधिकरण लोड डिस्प्याच सेन्टर कलंकी श्रोतले जनाएको छ ।

सेन्टर श्रोतका अनुसार हालका दिनहरुमा रक्सौल–परवानीपुर प्रशारण लाइनबाट दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र विद्युत भारतबाट प्राप्त भइरहेको छ । ‘ठ्याक्कै यतिनै विद्युत प्राप्त हुन्छ भनेर यकिन साथ भन्न सकिदैन,’ नाम उल्लेख नगर्ने शर्तमा स्रोतले भन्यो, ‘एकै दिनमा पनि बिहान, बेलुका र रातको समयमा फरक-फरक परिमाणमा विद्युत भारतबाट प्राप्त हुन्छ ।’



प्राधिकरण वीरगन्ज बितरण केन्द्र प्रमुख अवधेश कुमार दुबेले वीरगन्ज बितरण केन्द्रले भारतबाट आयात हुने र स्वदेशी विद्युत समेतलाई पर्सा–बारा जिल्लामा बितरण गर्ने गरेको जानकारी दिए । ‘विद्यूत आयात गर्ने कुरो माथिल्लो निकायको सरोकारको बिषय हो,’ उनले भने, ‘हामीले प्राप्त विद्युतले करिडोरका उद्योग र ग्राहस्थ तर्फका ग्राहकलाई हालका दिनहरुमा करिब २ सय मेगावाद विद्युत नियमित रुपमा उपलब्ध गराएर व्यवस्थापनको पाटो मात्र हेछौं ।’

दुबेले पर्सा बारामा कूल ३ सय मेगावाट विद्युतको आवश्यकता रहेकोमा हाल २ सय मेगावाट विद्युत मात्र धान्ने संरचना रहेकाले ३ सय मेगावाट विद्युत प्राप्त भई हाले पनि उक्त परिमाणको विद्युत धान्ने संरचनाको अभाव रहेको बताए । ‘विद्युतको कमी हुनु एउटा बिषय हो, तर माग बराबरको विद्युत प्राप्त भई हाले पनि त्यसलाई धान्ने संरचना हामीसँग छैन,’ उनले भने, ‘संरचना तयार नभए सम्म माग बराबरको विद्युत हामीले उपलब्ध गराउन सक्ने अवस्था छैन ।’

दुबेले करिडोरका उद्योगहरुमा सर्वााधिक विद्युत खपत गर्ने उद्योग जगदम्बा स्टिल रहेको बताए । यो उद्योगले मात्रै मासिक ३ करोड युनिट विद्युत खपत गर्छ । यस बाहेक नारायणी स्पात र जगदम्बा इन्टरप्राइजेजले मासिक १/१ करोड युनिट खपत गर्ने गरेका छन् ।

सुख्खा याममा स्वदेशी उत्पादनले अपुग भएपछि नेपालले भारतबाट विद्युत खरिद गर्ने गरेको छ । वीरगन्ज बाहेक हाल कटैया, ढल्केवर, परासी, रुपन्देही, टनकपुर,नेपालगन्ज नाका हुदै भारतबाट विद्युत आयात हुने गरेको छ ।

हाल पर्सा बारा औद्योगिक करिडोरमा जारी अघोषित लोडसेडिङले उद्योगी व्यवसायी मर्कामा छन् । पूर्व निर्धारित तथा तालिका विनानै प्राधिकरणले पटक पटक विद्युत कटौती गर्ने गरेकाले उद्योग सन्चालन गर्ननै समस्या भएको गुनासो यहाँका उद्योगीको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरी गौतम दैनिक अघोषित रुपमा ८ घण्टा सम्म विद्युत कटौती हुने गरेको बताउँछन् । अघोषित लोडसेडिङले बिशेष गरी फलामजन्य बस्तु उत्पादन गर्ने उद्योग र ब्वाइलर मेशिन प्रयोग गर्ने उद्योगमा अचानक विद्युत कटौती हुदा बढी मर्का परी रहेको उनले बताए ।

उनले सुरक्षित र भरपर्दो विद्युत उपलब्ध गराउन प्राधिकरणले आफ्नो संरचनामा व्यापक सुधार र परीवर्तन ल्याउन आवश्यक रहेको बताए । ‘देशकै सर्वाधिक विद्युत खपत गर्ने क्षेत्रलाई अँध्यारो बनाई राख्नु उचित भएन,’ उनले भने, ‘यो क्षेत्रलाई प्राथमिकतामा राखेर प्राधिकरणले हालको अवस्थाबाट मुक्त गराउनु पर्छ ।’

प्राधिकरण वीरगन्ज बितरण केन्द्र प्रमुख दुबे बिहान र बेलुकाको समयमा विद्युतको माग अत्यधिक रहेको बेला औद्योगिक करिडोरबाट कटौती गरी ग्राहस्थ तर्फका ग्राहकलाई विद्युत उपलब्ध गराउनु बाध्यता रहेको बताउँछन् ।

‘प्राधिकरणको ग्राहस्थ तर्फको उपभोक्तालाई प्राथमिकता दिने नीति छ,’ उनले भने, ‘यस्तो अवस्थामा औद्योगिक तर्फ कटौती गरेर भएपनि ग्राहर्स्थ तर्फका ग्राहकलाई नियमित विद्युत सेवा उपलब्ध गराउने गरिएको छ ।’ दुबेले हाल नेपालको माग भन्दा कम विद्युत दिनुको पछाडी भारतको आफ्नो निजि कारणहरु हुन सक्ने बताए ।

करिडोरका उद्योगले विद्युतमा आत्मनिर्भरता बढाउन थालेका छन् । करिडोरमा विद्युत संकटको अन्त्य नहुने सम्भावना देखेर करिडोरको परवानीपुरस्थित ओसिबि फुड्स एण्ड फिड प्रालिले धानको भुसबाट कम लागतमा विद्युत उत्पादन गरेर आफ्नो माग धानी रहेको छ । यो उद्योग भने नेपाल विद्युत प्राधिकरण भन्दा कम लागतमा विद्युत उत्पादन गरेर ४ बर्ष देखि विद्युतमा आंशिक निर्भर भएको छ ।

उद्योगले तेल र पिना उत्पादन गर्नेर् यो उद्योगले दैनिक २ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । उद्योगको प्रति युनिट विद्युत उत्पादन लागत ८ रुपैया रहेको र प्राधिकरणले हाल प्रति युनिट विद्युत १२ रुपैयामा उत्पादन गरी रहेको उद्योग व्यवस्थापनको दाबी छ । उद्योगका सन्चालक सुरेश रुंगटाले प्राधिकरणले आपूर्ती गरेको भन्दा गुणस्तरीय तथा सस्तो विद्युत आफूले उद्योगमा उत्पादन गरी रहेकाले ४ बर्ष देखि धेरै राहत महशुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...
। चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले बुधबार तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । निक्षेप ...
। नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दशै‌ंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलाराम पोखरेलले बताए । ‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन’ राष्ट्र बैंकका सहप्रवक्ता ...
। महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ ...
। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्म आउँदा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहँदा मूल्यमा चाप परेको ...