। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १० रनले पराजित गरेको छ ।
दिल्लीले दिएको २५८ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रनमात्र बनाउन सक्यो ।
मुम्बईका लागि तिलक वर्माले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६३ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्याले ४६, टिम डेभिडले ३७, सूर्यकुमार यादवले २६, इशान किसानले २०, पियुष चावलाले १०, रोहित शर्माले ८, मोहम्मद नाबीले ७ र नेहाल वाधेराले ४ रनको योगदान गरे ।
दिल्लीका रसिक सलाम र मुकेश कुमारले ३/३ तथा खलिल अहमदले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५७ रन बनाएको थियो । उसका ओपनर जेक फ्रेजरले २७ बलमा ११ चौका र ६ छक्काको मद्दतमा ८४ रनको योगदान गरे । त्यस्तै त्रिस्तन स्तब्सले ४८, साइ होपले ४१, अभिषेक पोरेलले ३६, रिषभ पन्तले २९ र अक्सर पटेलले ११ रनको योगदान गरे ।
बलिङतर्फ मुम्बईका लुक वुड, जसप्रित बुम्राह, पियुष चावला र मोहम्मद नाबीले १/१ विकेट लिए ।