मुख्य समाचार
चीनको अन्तरिक्ष स्टेशनसँग ठोक्कियो फोहोरको टुक्रा, विद्युत आपूर्ति बन्द
चीनको अन्तरिक्ष स्टेशनसँग ठोक्कियो फोहोरको टुक्रा, विद्युत आपूर्ति बन्द

अन्तरिक्षमा घुमिरहेका फोहोरका टुक्राहरु चिनियाँ स्पेस स्टेशन तियानगोङ्गमा ठोक्किएका छन् । उक्त घटनाबाट स्पेस स्टेशनमा क्षति पुगेको छ । त्यसका सोलार प्यानल क्षतिग्रस्त बनेका छन् । जसका कारण स्पेस स्टेशनमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको थियो ।

उक्त घटनापछि स्पेस स्टेशनमा रहेको चिनियाँ अन्तरिक्षयात्रीहरू बाहिर निस्किएर अन्तरिक्षमा हिडेर (स्पे वाक) गरी त्यसलाई मर्मत गरेका थिए ।


साथै चीनले अप्रिल २५ मा एकजना नयाँ अन्तरिक्षयात्रीलाई आफ्नो स्पेस स्टेशनमा पठाएको छ । उनी स्पेस स्टेशनमा जोडिएसँगै त्यहाँ रहेका पुराना अन्तरिक्षयात्री पृथ्वीमा फर्किनेछन् र स्पेश स्टेशनको थप मर्मत पनि गरिनेछ ।

पछिल्लो दुर्घटनापश्चात् अन्तरिक्ष फोहोरको सम्भावित जोखिमका विषयमा विश्वको ध्यानाकर्षण भएको छ ।


चिनियाँ मानव अन्तरिक्ष एजेन्सी (सिएमएसए) का अनुसार तियानगोङ्गको मर्मतका लागि स्टेशनमा रहेका अन्तरिक्षयात्रीहरुलाई दुईपटक स्पेस वाक गराउनु परेको थियो ।

एजेन्सीका अनुसार अन्तरिक्ष फोहोरको टुक्रा स्टेशनको बाहिरी सोलार प्यानलसँग ठोक्किएको थियो । जसका कारण केहीबेरका लागि बिजुली आपूर्तिमा समस्या उत्पन्न भएको थियो । साथै अन्तरिक्ष फोहोरसँगको टकरावका कारण तियान्हे मोड्युलमा पनि केही क्षति पुगेको थियो । त्यसका केही तारहरु काटिएका थिए ।

यो घटनासँगै चीनको स्पेस एजेन्सी अब अन्तरिक्ष फोहोरबाट स्पेस स्टेशनलाई जोगाउनका लागि नयाँ नीतिको तयारीमा लागेको छ । साथै उसले अन्तरिक्ष स्टेसनको सुरक्षाका लागि नयाँ प्राविधिक योजना पनि बनाएको छ ।

यद्यपि आफ्नो स्पेस स्टेशसँग ठोक्किएको अन्तरिक्ष फोहोर कस्तो खालको हो भन्ने बारेमा चिनियाँ स्पेस एजेन्सीले केही पनि बताएको छैन । त्यो सूक्ष्म चट्टान थियो कि कुनै स्याटेलाइटको टुक्रा भन्ने खुलेको छैन ।

वास्तवमा अन्तरिक्ष फोहोर सदैव स्पेस स्टेशनका लागि खतरा बनिरहेको छ । नर्थ अमेरिकन एरोस्पेस डिफेन्स कमान्डका अनुसार अन्तरीक्षमा ४३ हजारभन्दा धेरै फोहोरका टुक्रा रहेका छन् ।

हाल करिब ७५ सयको संख्यामा सक्रिय स्याटेलाइटहरुले पृथ्वीको परिक्रमा गरिरहेका छन् । त्यसमा सबैभन्दा धेरै स्याटेलाइट एलन मस्कको कम्पनी स्पेस एक्सका स्टारलिंक स्याटेलाइट छन् ।

सन् १९९८ मा अन्तरिक्षमा स्थापित भएपछि अहिलेसम्म अन्तरिक्ष फोहोरबाट बँच्नका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेशनले ३० पटक आफ्नो स्थान तथा उचाइ परिवर्तन गर्नुपरेको छ ।

चीनको तियानगोङ्ग अन्तरिक्ष स्टेशनले पनि केही पटक आफ्नो स्थान परिवर्तन गरेको छ ताकि अन्तरिक्ष फोहोरसँग ठोक्किनबाट जोगियोस् ।

अन्तरिक्ष फोहोरलाई स्पेस स्टेशनमा आउनुभन्दा अगाडि नै पत्ता लगाउन सकिने प्रविधिमा चीनले अहिले काम गरिरहेको छ ताकि स्टेशनमा फोहोर ठोक्किएर कुनै क्षति नहोस् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...