मुख्य समाचार
‘मिटू मुभमेन्ट’ : अदालतले उल्टायो हार्वी वाइन्स्टिनको १६ वर्षको जेल सजायको फैसला
‘मिटू मुभमेन्ट’ : अदालतले उल्टायो हार्वी वाइन्स्टिनको १६ वर्षको जेल सजायको फैसला

। यौन शोषणविरुद्धको अभियान ‘मिटू मुभमेन्ट’लाई धक्का दिनेगरी अमेरिकाको न्युयोर्क अदालतले नयाँ फैसला गरेको छ । अदालतले बलात्कारको मुद्दामा दोषी ठहर भएका हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिनको १६ वर्षको जेल सजायलाई उल्टाएको छ ।

न्युयोर्कको पुनरावेदन अदालतले न्यायाधीशबीच ४–३ को बहुमतअनुसार उक्त निर्णय सुनाइएको द न्युयोर्क टाइम्सले जनाएको छ । अब यो मुद्दाको सुनुवाइ नयाँ शिराबाट सुरु हुने जनाइएको छ । मिटू आन्दोलनको क्रममा सन् २०१७ मा ७२ वर्षीय फिल्म निर्माताविरुद्ध ८० भन्दा बढी महिलाले यौन शोषण, उत्पीडन र यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।




सन् २०२० मा हार्वी वाइन्स्टिनलाई बलात्कारको आरोपमा दोषी ठहर गर्दै २३ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०२२ मा उनलाई अर्को मुद्दामा पनि दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाइएको थियो ।

न्युयोर्कको पुनरावेदन अदालतले बिहीबार वाइन्स्टिनको बलात्कारको सजायलाई पक्षपाती ठानेर खारेज गरेको छ । अदालतले ट्रायल कोर्टको न्यायाधीशको निर्णय ‘मिटू आन्दोलन’को पूर्वाग्रहले ग्रस्त भएको भनेको छ ।


सोही कारण अदालतमा मुद्दासँग कुनै सम्बन्ध नभएका महिलाको बयान पनि लिइएको अदालतको भनाइ छ । अदालतले हार्वी वाइन्स्टिनमाथि नयाँ मुद्दा चलाउन भनेको छ । तर उनी रिहा हुने छैनन् ।

समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस’को रिपोर्टअनुसार अदालतका चारमध्ये तीन जना न्यायाधीशले बहुमतका आधारमा यो निर्णय गरेको हो । अदालतले ट्रायल कोर्टका न्यायाधीश जेम्स बर्कलाई ‘कथित घृणित अपराध र घृणित आचरण’को बारेमा अन्य महिलाको साक्षीको अनुमतिलाई ‘न्यायिक विवेकको दुरुपयोग’ भनेको छ ।

अदालतमा हार्वेका वकिल, आर्थर एडालाले न्यायाधीश बर्कले फिल्म निर्मातालाई आफ्नो विगतको बारेमा प्रश्न गर्न अनुमति दिएर मुद्दाको सुनुवाइलाई प्रभावित गरेको बताए । फैसलापछि ‘द न्युयोर्क टाइम्स’सँग कुरा गर्दै एडलाले भने, ‘यो फैसला न्युयोर्कमा आपराधिक मुद्दाको सामना गरिरहेका हरेक अभियुक्तको जित हो ।’

वाइन्स्टिनलाई ट्रायल कोर्टमा निष्पक्ष र कानुनी सुनुवाइ मौका नदिइएको उनको तर्क छ । यो नयाँ निर्णयपछि ७२ वर्षीय हार्वे वाइन्स्टिनले नयाँ मुद्दाको सामना गर्नुपर्ने हुँदा उनी जेलबाट रिहा हुने छैनन् । हार्वे अहिले न्युयोर्कको मोहाक जेलमा कैद छन् । उनलाई थप सजायका लागि क्यालिफोर्निया लगिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...